News Portal

सद्भावले गर्यो रक्तदान कार्यक्रम

रबिन्द्र बराल
२१३ पटक

चैत्र १४ – “रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ, रंगेली नगरपालिका-७ मा २०६६ सालमा स्थापना भएको सद्भाव बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५औं वार्षिक साधारण सभा तथा ६८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

नेपाल रेडक्रस सोसाइटी, विराटनगरको संयुक्त आयोजनामा खुला रक्तदान कार्यक्रम गरिएको हो। रक्तदानमा ३३ जना स्थानीय, बुद्धिजीवी, युवा, सेयर सदस्य, बचतकर्ता लगायतले रक्तदान गरेका थिए।

यस भेगका बिरामीहरूको लागि दिनप्रतिदिन रगतको अभाव बढ्दै गएको छ। पछिल्लो समय हरेक व्यक्तिलाई विभिन्न रोग लाग्ने गरेको र बिरामीहरूलाई रगतको अभाव हुने भएकाले रक्तदान कार्यक्रम आयोजना गरिएको सहकारीका अध्यक्ष, इन्जिनियर कमलेश्वर ठाकुरले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...