News Portal

सद्भावले गर्यो रक्तदान कार्यक्रम

रबिन्द्र बराल
१६८ पटक

चैत्र १४ – “रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ, रंगेली नगरपालिका-७ मा २०६६ सालमा स्थापना भएको सद्भाव बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५औं वार्षिक साधारण सभा तथा ६८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

नेपाल रेडक्रस सोसाइटी, विराटनगरको संयुक्त आयोजनामा खुला रक्तदान कार्यक्रम गरिएको हो। रक्तदानमा ३३ जना स्थानीय, बुद्धिजीवी, युवा, सेयर सदस्य, बचतकर्ता लगायतले रक्तदान गरेका थिए।

यस भेगका बिरामीहरूको लागि दिनप्रतिदिन रगतको अभाव बढ्दै गएको छ। पछिल्लो समय हरेक व्यक्तिलाई विभिन्न रोग लाग्ने गरेको र बिरामीहरूलाई रगतको अभाव हुने भएकाले रक्तदान कार्यक्रम आयोजना गरिएको सहकारीका अध्यक्ष, इन्जिनियर कमलेश्वर ठाकुरले बताए।

प्रतिकृया दिनुहोस्

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...