News Portal

रिंकु मृत्यु प्रकरण : वडा सदस्य जेल चलान, ६ जना धरौटीमा रिहा

हिमालीसंचार संवाददाता
१८८ पटक

सिरहा, चैत्र १३ – सिरहा जिल्लामा किशोरी रिंकुकुमारी सदायको रहस्यमयी मृत्युपछि भएको अनुसन्धानका क्रममा पक्राउ परेका वडा सदस्य नथुनी साहलाई अदालतले पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको छ। सिरहा जिल्ला अदालतका न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले साहलाई घटनामा संलग्न रहेको भन्दै कारागार चलान गर्ने निर्णय सुनाएको हो।

यसैबीच, अन्य आरोपितहरू रामकृपाल मण्डल, विन्देश्वर साह, करिया मुसहर, रामदेव सदा र दुई नाबालकलाई जनही १ लाख ५० हजार धरौटी बुझाएर रिहा गर्न आदेश दिइएको छ। त्यस्तै, रामविनोद मण्डल र कमलेश कुमार दासलाई साधारण तारेखमा छोड्न भनिएको छ।

प्रहरीका अनुसार उनीहरूविरुद्ध जातीय भेदभाव, आत्महत्या दुरुत्साहन, जबरजस्ती करणी तथा मिलापत्र गराउने जस्ता गम्भीर अभियोगमा मुद्दा दर्ता गरिएको छ। विशेषगरी, बलात्कारको आरोप लागेका व्यक्तिहरूलाई जोगाउन गाउँमा पञ्चायती सभा बसेको पुष्टि भइसकेको छ।

सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकु ३० माघमा आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। मृत्युअघि उनले आफ्ना परिवारजनलाई आफू स्थानीय युवक रुपेश मण्डल, टिंकु मण्डल र चन्दन साहेलाको सामूहिक बलात्कारको शिकार भएको बताएकी थिइन्।

२६ माघ राति करिब ९ बजे शौच गर्न निस्किएकी रिंकु ६ घण्टासम्म हराइन्। भोर ३ बजे फेला परेपछि उनले आफूमाथि बन्धक बनाई सामूहिक बलात्कार भएको खुलाइन्। तर, घटनालाई कानुनी रूपमा लैजाने साटो गाउँमा नै मिलापत्रको प्रयास थालियो।

२९ माघमा बसेको पहिलो पञ्चायती सभाले बलात्कार आरोपित रुपेश मण्डललाई १ लाख ५० हजार जरिवाना गर्ने निर्णय गर्‍यो, जुन पीडित परिवारले अस्वीकार गर्‍यो। ३० माघमा पुनः पञ्चायत बस्दा रिंकुले आफू बलात्कृत भएको बयान दिएकी थिइन्।

तर, सोही राति उनी घरमै झुण्डिएको अवस्थामा भेटिइन्। अनुसन्धानमा घटनालाई दबाउन पञ्चायती सभा बसालिएको पुष्टि भएको छ। हाल, बलात्कार अभियोग लागेका दुई जना र मिलापत्र गर्न संलग्न आठ जना गरी १० जना अझै फरार छन्। प्रहरी फरार अभियुक्तहरूको खोजीमा जुटिरहेको छ।

 

प्रतिकृया दिनुहोस्

रास्वपाले नागरिक करारपत्र सार्वजनिक गर्यो : दलीयकरण अन्त्य र सम्पत्ति छानबिनमा जोड

काठमाडौं, ३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनको तयारीका क्रममा नागरिक करारपत्र...

उज्यालो नेपालको चुनावी घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित

काठमाडौं, ३ फागुन – उज्यालो नेपाल पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो चुनावी घोषणापत्र...

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...

बंगलादेशकै झल्को दिने परिणाम आउन सक्छ : ओली

झापा, फागुन ३ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा हुने आगामी निर्वाचनको परिणाम...

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...