आज : २०२६-०६-१४, आइतबार

इटहरीमा सेन्टर प्लाजामा आगलागी, केही मानिस फसे, उद्धार कार्य जारी

इटहरी, १३ चैत्र – सुनसरीको इटहरीमा स्थित सेन्टर प्लाजामा आगलागी हुँदा केही व्यक्तिहरू माथिल्लो तलामा फसेका छन्। आगलागी प्लाजाको पाँचौं तल्लामा सुरू भएको हो।

स्थानीय अनुसार, आगलागी भएको तलाभन्दा माथिल्लो तलामा मानिसहरू फसेका छन् र उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिएका छन्। हालसम्म फसेकाहरूको संख्या यकिन गर्न सकिएको छैन।

आगलागी बिहान साढे ९ बजेतिर इटहरी उपमहानगरपालिका-६ स्थित सेन्टर प्लाजामा रहेको एक होटलको बरन्डाबाट सुरु भएको थियो। अहिले आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्लाजा सात तल्ले रहेको छ र उद्धार कार्य तीव्र रूपमा चलिरहेको छ।