News Portal

रूकुम पश्चिममा झिम्रुछिप्रा खोलामा बाटो निर्माणको क्रममा स्काभेटर चालकको मृत्यु

रूकुम पश्चिममा झिम्रुछिप्रा खोलामा बाटो निर्माणको क्रममा स्काभेटर चालकको मृत्यु भएको छ।

संगीता गुरुङ
१८३ पटक

रुकुम, चैत्र १३ – रूकुम पश्चिमको बाफिकोट गाउँपालिका–३ झिम्रुछिप्रा खोलामा बाटो निर्माणको क्रममा एक स्काभेटर चालकको ज्यान गएको छ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका–७ निवासी ३५ वर्षीय भोलाबहादुर बुढाथोकी माथिबाट खसेको ढुंगाको चपेटामा परेपछि घटनास्थलमै ज्यान गुमाएको प्रहरीले जनाएको छ।

मंगलबार साँझ करिब ५ बजेतिर वडा नं. २ संग जोड्ने भित्री सडक खन्ने क्रममा करिब ३० मिटर माथिबाट खसेको ढुंगाले बुढाथोकीलाई लागेको थियो। उनी भे १ क २३३० नम्बरको भोल्ब २१० मोडलको स्काभेटर सञ्चालन गरिरहेका थिए।

रूकुम पश्चिम प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १३ गतेको राशिफल

आज पुष १३, २०८२ (डिसेम्बर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...