News Portal

१०० रुपैयाँकै कारण हत्या, आरोपी पक्राउ

भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९, बोडे निलबाराहीस्थित पिकनिक स्थलनजिक एक व्यक्तिको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

संगीता गुरुङ
३१० पटक

भक्तपुर, चैत्र १२ – भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९, बोडे निलबाराहीस्थित पिकनिक स्थलनजिक एक व्यक्तिको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार पक्राउ पर्नेमा रोल्पाको परिवर्तन गाउँपालिका–६ घर भएका ५७ वर्षीय हिमाल बुढामगर रहेका छन्। उनीमाथि खोटाङको केपिलासगढी गाउँपालिका–२ का ६६ वर्षीय ओमप्रकाश राईको हत्या गरेको आरोप लागेको छ।

प्रहरी स्रोतका अनुसार ओमप्रकाशको हत्या १०० रुपैयाँकै विवादका कारण भएको खुलेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा आरोपी हिमालले ओमप्रकाशले आफूबाट १०० रुपैयाँ खोसेपछि झगडा भएको स्वीकार गरेका छन्। सोही विवादको क्रममा ढुंगाले प्रहार गर्दा ओमप्रकाशको मृत्यु भएको बयान उनले दिएका छन्।

गत आइतबार बिहान ५:५५ बजेतिर निलबाराही पिकनिकस्थलनजिक ओमप्रकाशको शव भेटिएको थियो। प्रहरी घटनास्थल पुग्दा उनको शव रगतले लतपतिएको अवस्थामा फेला परेको थियो। टाउकोमा गहिरो चोट देखिएको थियो भने कानको लोती समेत काटिएको थियो। घटनास्थलमै रगत लतपतिएको ढुंगा भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतक ओमप्रकाश राई कवाडी संकलन गर्ने काम गर्थे। घटनास्थलनजिकै रहेको बोरामा विभिन्न कवाडीका सामानहरू फेला परेका थिए। मृतकका छोराले शवको सनाखत गरेका छन्।

अनुसन्धानका क्रममा पक्राउ परेका हिमालले शनिबार साँझ आफूहरूले सँगै मदिरा सेवन गरेको स्वीकारेका छन्। मदिरा सेवनपछि भेटी टिप्न निलबाराही पुगेको र त्यहीँ सुत्ने क्रममा १०० रुपैयाँकै विवाद हुँदा घटना भएको उनले बताएका छन्।

प्रहरीले आरोपीलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ। उनलाई आजै सार्वजनिक गरिने प्रहरी स्रोतले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...