News Portal

  • एसईई परीक्षामा ‘ह्वाट्सएप’ प्रयोग गरी चिट चोर्ने प्रयास, गार्डसहित निरीक्षक पक्राउ

    यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मोबाइल एप ‘ह्वाट्सएप’ प्रयोग गरी चिट चोर्ने घटनामा संलग्न शिक्षक तथा निरीक्षक पक्राउ परेका छन्।

    संगीता गुरुङ
    २३४ पटक

    चैत्र ११, सुनसरी – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मोबाइल एप ‘ह्वाट्सएप’ प्रयोग गरी चिट चोर्ने घटनामा संलग्न शिक्षक तथा निरीक्षक पक्राउ परेका छन्। सुनसरीको इनरुवा-९ स्थित सरस्वती मावि परीक्षा केन्द्रमा गणित विषयको परीक्षा भइरहेका बेला दुई जना गार्ड परीक्षा नियम उल्लंघन गरेको आरोपमा पक्राउ परेका हुन्।

    प्राप्त जानकारी अनुसार, अनुगमन टोली परीक्षा केन्द्रमा पुग्ने बित्तिकै संलग्न शिक्षकहरूले आफ्नो मोबाइल बन्द गरेका थिए। तर, जाँच गर्दा ह्वाट्सएप च्याटमार्फत परीक्षार्थीहरूको नाम, सिम्बोल नम्बर तथा विद्यालयको नाम सहित चिट चोर्ने योजना बनाइएको पाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए। पक्राउ परेका शिक्षक श्रवणकुमार चौधरी र रमानन्द मेहतालाई तत्काल परीक्षा गार्डबाट हटाइएको छ।

    यस्तै, इनरुवा-१ स्थित भगवती मावि परीक्षा केन्द्रबाट पनि तीन जना निरीक्षक पक्राउ परेका छन्। पक्राउ पर्नेमा इनरुवा-५ का मुकेन्द्र यादव, रमानन्द यादव र दिनेशप्रसाद यादव रहेका छन्। उनीहरूलाई हाल अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले बताए।

    यसअघि नै सुनसरी प्रशासनले परीक्षा केन्द्रमा मोबाइल प्रयोगमा कडाइ गर्न निर्देशन दिएको थियो। अघिल्लो दिन मात्रै दुहवीस्थित परीक्षा केन्द्रबाट जनही रु १० हजार लिएर परीक्षामा अनियमितता गर्न खोज्ने दुई गार्डलाई हटाइएको थियो।

    शिक्षा प्रशासनले परीक्षालाई मर्यादित बनाउन विशेष अनुगमन टोली परिचालन गरेको छ। प्रारम्भिक अनुसन्धान अनुसार, निजी विद्यालयका सञ्चालकहरू विद्यालयको परीक्षा नतिजा सुधार्न आर्थिक चलखेल गर्ने गरेको पाइएको छ। जिल्लाका ५० परीक्षा केन्द्रमा १३ हजार ५७३ विद्यार्थी सहभागी रहेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख खगेन्द्र सुवेदीले जानकारी दिएका छन्। प्रशासनले परीक्षा प्रणालीलाई थप व्यवस्थित बनाउन कडा कदम चाल्ने बताएको छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...

    इलाममा पहिरो विपद्: १८ जनाको मृत्यु, राजमार्गहरू ठप्प

    इलाम, असोज १९ – लगातारको वर्षापछि इलामका विभिन्न ठाउँमा पहिरो र बाढीका घटनाले ठूलो क्षति...

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    उदयपुर मिलिजुली समाज कुवेतले मनायो बडा दशैं बिशेष कार्यक्रम

    कमल सिंह ठकुरी/हिमाली संचार  ४ अक्टोबर २०२५ शनिबार। कुवेत सिटी। कुवेतमा चिरपरिचित सामाजिक संस्था उदयपुर...