News Portal

एसईई परीक्षामा ‘ह्वाट्सएप’ प्रयोग गरी चिट चोर्ने प्रयास, गार्डसहित निरीक्षक पक्राउ

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मोबाइल एप ‘ह्वाट्सएप’ प्रयोग गरी चिट चोर्ने घटनामा संलग्न शिक्षक तथा निरीक्षक पक्राउ परेका छन्।

संगीता गुरुङ
४४६ पटक

चैत्र ११, सुनसरी – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मोबाइल एप ‘ह्वाट्सएप’ प्रयोग गरी चिट चोर्ने घटनामा संलग्न शिक्षक तथा निरीक्षक पक्राउ परेका छन्। सुनसरीको इनरुवा-९ स्थित सरस्वती मावि परीक्षा केन्द्रमा गणित विषयको परीक्षा भइरहेका बेला दुई जना गार्ड परीक्षा नियम उल्लंघन गरेको आरोपमा पक्राउ परेका हुन्।

प्राप्त जानकारी अनुसार, अनुगमन टोली परीक्षा केन्द्रमा पुग्ने बित्तिकै संलग्न शिक्षकहरूले आफ्नो मोबाइल बन्द गरेका थिए। तर, जाँच गर्दा ह्वाट्सएप च्याटमार्फत परीक्षार्थीहरूको नाम, सिम्बोल नम्बर तथा विद्यालयको नाम सहित चिट चोर्ने योजना बनाइएको पाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए। पक्राउ परेका शिक्षक श्रवणकुमार चौधरी र रमानन्द मेहतालाई तत्काल परीक्षा गार्डबाट हटाइएको छ।

यस्तै, इनरुवा-१ स्थित भगवती मावि परीक्षा केन्द्रबाट पनि तीन जना निरीक्षक पक्राउ परेका छन्। पक्राउ पर्नेमा इनरुवा-५ का मुकेन्द्र यादव, रमानन्द यादव र दिनेशप्रसाद यादव रहेका छन्। उनीहरूलाई हाल अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले बताए।

यसअघि नै सुनसरी प्रशासनले परीक्षा केन्द्रमा मोबाइल प्रयोगमा कडाइ गर्न निर्देशन दिएको थियो। अघिल्लो दिन मात्रै दुहवीस्थित परीक्षा केन्द्रबाट जनही रु १० हजार लिएर परीक्षामा अनियमितता गर्न खोज्ने दुई गार्डलाई हटाइएको थियो।

शिक्षा प्रशासनले परीक्षालाई मर्यादित बनाउन विशेष अनुगमन टोली परिचालन गरेको छ। प्रारम्भिक अनुसन्धान अनुसार, निजी विद्यालयका सञ्चालकहरू विद्यालयको परीक्षा नतिजा सुधार्न आर्थिक चलखेल गर्ने गरेको पाइएको छ। जिल्लाका ५० परीक्षा केन्द्रमा १३ हजार ५७३ विद्यार्थी सहभागी रहेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख खगेन्द्र सुवेदीले जानकारी दिएका छन्। प्रशासनले परीक्षा प्रणालीलाई थप व्यवस्थित बनाउन कडा कदम चाल्ने बताएको छ।

 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...