News Portal

नयाँ बसपार्कमा यात्रुलाई दुःख दिने ३७० जना पक्राउ

राजधानीको गोंगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई अनावश्यक दुःख दिने ३७० जनामाथि कारबाही गरिएको छ।

हिमालीसंचार संवाददाता
२४२ पटक

काठमाडौं, चैत्र ११ – राजधानीको गोंगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई अनावश्यक दुःख दिने ३७० जनामाथि कारबाही गरिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सुरक्षित बसपार्क निर्माण तथा यात्रु सुरक्षाका लागि आइतबार एक कार्यक्रमको आयोजना गर्दै कारबाहीबारे जानकारी गराएको हो।

महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले बसपार्कलाई सुरक्षित र यात्रुमैत्री बनाउने जिम्मेवारी नेपाल प्रहरी, यातायात व्यवसायी र मजदुर सबैको रहेको बताए। उनले यात्रुलाई अनावश्यक हैरानी दिने कार्यप्रति महासंघले गम्भीर ध्यान दिएको र यस्ता गतिविधि रोक्न पहल भइरहेको जानकारी गराए।

महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यात्रुको झोला तान्ने, जबरजस्ती बसमा चढाउने तथा अन्य दुर्व्यवहार गर्ने कार्य रोक्न आवश्यक रहेको बताए। प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायव उपरीक्षक निरन्जन थापाले बसपार्कलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले निरन्तर काम गरिरहेको उल्लेख गरे।

प्रहरी प्रभाग नयाँबसपार्कका प्रमुख, प्रहरी निरीक्षक राजन खड्काले चालू आर्थिक वर्षमा पक्राउ परेकामध्ये आठ जनालाई कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिए।

हाल नयाँ बसपार्कबाट देशभरका ७० जिल्लामा सार्वजनिक यातायात सञ्चालन हुँदै आएको छ। बसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पंकज मल्लले यात्रु सुरक्षाका लागि बसपार्कभित्र कार्यरत कर्मचारीहरूलाई पोशाक र परिचयपत्रको व्यवस्था गरिएको बताए। साथै, उनले यात्रुहरूलाई आधिकारिक कर्मचारीसँग समन्वय गर्न आग्रह गरे।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...