News Portal

फागुनमा ४,४६८ अपराधका मुद्दा दर्ता, बैंकिङ कसुर उच्च

देशभर फागुन महिनामा मात्रै ४,४६८ आपराधिक घटनाका मुद्दा दर्ता भएका छन्।

हिमालीसंचार संवाददाता
३६० पटक

चैत्र ११,काठमाडौं – देशभर फागुन महिनामा मात्रै ४,४६८ आपराधिक घटनाका मुद्दा दर्ता भएका छन्। नेपाल प्रहरीका अनुसार तीमध्ये सबैभन्दा धेरै बैंकिङ कसुरका मुद्दा छन्, जसको संख्या १,१२७ रहेको छ।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यका अनुसार बैंकिङ कसुरअन्तर्गत सबैभन्दा बढी चेक बाउन्सका मुद्दा छन्। पछिल्लो समय प्रविधिको दुरुपयोग र सामाजिक सञ्जालबाट हुने अपराधमा वृद्धि भइरहेको उनले बताए।

यस महिनामा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा तथा नैतिकतासम्बन्धी ५२१, आत्महत्यासम्बन्धी ५०१, लागुऔषधसम्बन्धी ४१९, चोरीका २८६, जबर्जस्ती करणीका १६८, ठगीका १६२, सवारी ज्यानका १५४, ज्यान मार्ने उद्योगका ७१ तथा कर्तव्य ज्यानका ४२ मुद्दा दर्ता भएका छन्।

प्रदेशगत रूपमा काठमाडौं उपत्यकामा सबैभन्दा धेरै १,३३७ मुद्दा दर्ता भएका छन्। मधेशमा ७१५, कोशीमा ६६५, लुम्बिनीमा ६१२, बागमतीमा ३७६, गण्डकीमा ३२३, सुदूरपश्चिममा २७९ तथा कर्णालीमा १६१ आपराधिक घटनाका मुद्दा दर्ता भएका छन्।

प्रहरीले अपराध नियन्त्रणका लागि प्रविधिको प्रभावकारी प्रयोग गर्दै अनुसन्धानलाई अझ सशक्त बनाउने जनाएको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...