News Portal

बाँकेमा ट्यांकरको ठक्करबाट दुई बालकको मृत्यु, स्थानीय आक्रोशित

बाँकेमा ट्यांकरको ठक्करबाट दुई बालकको मृत्यु भए पछि स्थानीय आक्रोशित बनेका छन्।

संगीता गुरुङ
१५४ पटक

चैत्र १०, बाँके – डुडुवा गाउँपालिकास्थित बेतहनी चोकमा आइतबार दिउँसो पानी बोक्ने ट्यांकरको ठक्करबाट दुई बालकको ज्यान गएपछि स्थानीयबासी आक्रोशित बनेका छन्।

दुर्घटनापछि आक्रोशित भीडले ट्यांकरमा आगजनी गर्नुका साथै प्रहरी चौकी बेतहनीमा ढुंगामुढा गरेका छन्। स्थितिलाई नियन्त्रणमा लिन बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की आफैँ नेतृत्व लिएर घटनास्थल पुगेका छन्।

जिल्लाका निमित्त प्रहरी प्रवक्ता यमबहादुर मल्लका अनुसार घटनालगत्तै ट्यांकरका चालकलाई नियन्त्रणमा लिई प्रहरी चौकीमा राखिएको थियो। तर, घटनापछि आक्रोशित स्थानीयले प्रहरी चौकीमै जम्मा भई ढुंगामुढा सुरु गरेका थिए।

स्थानीयबासीले दुर्घटनापछि ढिलो गरी मात्रै प्रहरी पुगेको भन्दै असन्तुष्टि जनाएका छन्। घटनापछि तनाव सिर्जना भएपछि प्रहरीले स्थानीयलाई शान्त राख्न आग्रह गरेको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...