News Portal

काठमाडौंमा चोरीका २७१ मोबाइलसहित ७ जना पक्राउ

प्रहरीले राजधानी काठमाडौंमा सञ्चालन भएको एक मोबाइल चोरी गिरोहलाई पक्राउ गरेको छ।

संगीता गुरुङ
१८५ पटक

८ चैत, काठमाडौं – प्रहरीले राजधानी काठमाडौंमा सञ्चालन भएको एक मोबाइल चोरी गिरोहलाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा गरिएको अपरेशनमा प्रहरीले २७१ थान मोबाइल, १५ थान ल्यापटप र ९ थान ट्याब बरामद गरेको छ।

पक्राउ पर्नेहरूमा काभ्रेको बेथानचोक गाउँपालिका–५ का ३५ वर्षीय प्रमोद परियार, खानिखोला गाउँपालिका–५ का २६ वर्षीय गुनराज न्यौपाने, रौतहटको चन्द्रनिगाहापुर नगरपालिका–१ का ३० वर्षीय हेमन्त राना मगर, दोलखाको शैलुङ गाउँपालिका–६ का २८ वर्षीय शम्भु विश्वकर्मा, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ का २२ वर्षीय राजेश चालिसे, दोलखाको कालिन्दोक गाउँपालिका–५ का २१ वर्षीय सबिन पाण्डे र काठमाडौं सिनामंगलका २० वर्षीय प्रकाश कटवाल छन्।

काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइसकेको छ। एसपी तथा प्रहरी प्रवक्ता अपिलराज बोहोराका अनुसार बरामद मोबाइलहरूमध्ये १८ वटा आइफोन रहेका छन्।

अनुसन्धानको क्रममा यो गिरोह भक्तपुरको जगातीस्थित सरोज मोबाइल रिपेयरिङ सेन्टरमार्फत चोरीका मोबाइल बिक्री गर्ने गरेको पाइएको छ। चोरी तथा पाकेटमारीका घटनाहरू बढिरहेका बेला प्रहरीले गरेको यो कारबाहीलाई महत्वपूर्ण मानिएको छ।

थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...