News Portal

रौतहटमा परीक्षामा कडाइ : १ हजार ४ सय २४ मोबाइल बरामद, दुई जनालाई पक्राउ

रौतहटमा एसईई परीक्षा सञ्चालनका क्रममा प्रहरीले १,४२४ वटा मोबाइल बरामद गरी परीक्षामा अनियमितता गर्न खोज्ने दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

संगीता गुरुङ
१८८ पटक

चैत्र ८, रौतहट – एसईई परीक्षा सञ्चालनका क्रममा प्रहरीले १,४२४ वटा मोबाइल बरामद गरेको छ। परीक्षा निष्पक्ष बनाउन निगरानी गरिएको बेला परीक्षामा अनियमितता गर्न खोज्ने दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार यमुनामाई गाउँपालिका-५ स्थित यमुनामाई मावि परीक्षा केन्द्रमा एक परीक्षा निरीक्षकले आर्थिक लेनदेन गर्दै मोबाइल भित्र्याएको भेटिएको छ। त्यस्तै, मौलापुर नगरपालिका-५ स्थित लक्ष्मीपुर मावि परीक्षा केन्द्रबाहिर चिट उपलब्ध गराउने कार्यमा संलग्न एक व्यक्ति पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ परेकाहरूको नाम गोप्य राखिएको छ भने उनीहरूविरुद्ध कानुनी प्रक्रिया अगाडि बढाइएको छ। जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

यसअघि सामाजिक सञ्जालमार्फत नकल प्रवृत्ति मौलाउँदै गएकाले यस वर्षको परीक्षामा कडाइ गरिएको प्रहरीको भनाइ छ। परीक्षा मर्यादित राख्न विशेष सुरक्षा व्यवस्था गरिएको र अनियमित गतिविधिमा संलग्न जो कोहीलाई कारबाही गरिने प्रहरी प्रशासनले चेतावनी दिएको छ।

 

प्रतिकृया दिनुहोस्

रास्वपाले नागरिक करारपत्र सार्वजनिक गर्यो : दलीयकरण अन्त्य र सम्पत्ति छानबिनमा जोड

काठमाडौं, ३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनको तयारीका क्रममा नागरिक करारपत्र...

उज्यालो नेपालको चुनावी घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित

काठमाडौं, ३ फागुन – उज्यालो नेपाल पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो चुनावी घोषणापत्र...

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...

बंगलादेशकै झल्को दिने परिणाम आउन सक्छ : ओली

झापा, फागुन ३ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा हुने आगामी निर्वाचनको परिणाम...

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...