News Portal

स्वर्णलक्ष्मी सहकारी प्रकरण: रवि लामिछाने पुनरावेदनका लागि उच्च अदालत जाँदै

रवि लामिछाने स्वर्णलक्ष्मी सहकारी बचत अपचलन प्रकरणमा पुनरावेदनका लागि आज पाटन उच्च अदालत जाने भएका छन्।

संगीता गुरुङ
२३५ पटक

चैत्र ८, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने स्वर्णलक्ष्मी सहकारी बचत अपचलन प्रकरणमा पुनरावेदनका लागि आज पाटन उच्च अदालत जाने भएका छन्।

सूत्रका अनुसार लामिछाने बिहान ११ बजे अदालत पुगेर पुनरावेदन दर्ता गर्नेछन्। स्वर्णलक्ष्मी सहकारीले ६९० जना बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ। यही प्रकरणमा संलग्न रहेको दाबी गर्दै अदालतमा मुद्दा दायर गरिएको थियो।

यसअघि काठमाडौं जिल्ला अदालतले माघ २ गते लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तर, सो आदेश त्रुटिपूर्ण रहेको भन्दै सरकारले पाटन उच्च अदालतमा पुनरावलोकनका लागि निवेदन दर्ता गरिसकेको छ।

प्रतिकृया दिनुहोस्

रास्वपाले नागरिक करारपत्र सार्वजनिक गर्यो : दलीयकरण अन्त्य र सम्पत्ति छानबिनमा जोड

काठमाडौं, ३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनको तयारीका क्रममा नागरिक करारपत्र...

उज्यालो नेपालको चुनावी घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित

काठमाडौं, ३ फागुन – उज्यालो नेपाल पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो चुनावी घोषणापत्र...

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...

बंगलादेशकै झल्को दिने परिणाम आउन सक्छ : ओली

झापा, फागुन ३ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा हुने आगामी निर्वाचनको परिणाम...

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...