News Portal

नुवाकोटमा बसको ठक्करबाट महिलाको मृत्यु

नुवाकोटको तारकेश्वर गाउँपालिका-१, छापडाँडामा बसको ठक्करबाट एक महिलाको ज्यान गएको छ।

संगीता गुरुङ
१५१ पटक

चैत्र ७, नुवाकोट – नुवाकोटको तारकेश्वर गाउँपालिका-१, छापडाँडामा बसको ठक्करबाट एक महिलाको ज्यान गएको छ। स्थानीय ३७ वर्षीया मञ्जु तामाङको उक्त दुर्घटनामा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार, काठमाडौंबाट लर्केपतर्फ जाँदै गरेको बा२ख ६८०४ नम्बरको यात्रु बसले उनलाई किचेको थियो। श्रीमानसँग निग्लेनीबाट फर्किंदै गर्दा उनी बसबाट ओर्लने क्रममा दुर्घटनामा परेकी थिइन्। प्रहरी निरीक्षक श्रीकृष्ण बानियाँका अनुसार, बसबाट ओर्लिएपछि सहचालकलाई भाडा तिर्दै गरेका श्रीमानलाई कुर्दा-कुर्दै उनी बसको पछाडिको टायरले किचिएको बताइएको छ।

घटनापछि तामाङलाई त्रिशूली अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए। शवको पोस्टमार्टमपछि अन्तिम संस्कारका लागि परिवारलाई जिम्मा लगाइएको छ।

मृतकका आफन्तले घटनामा संलग्न चालकलाई कारबाहीको माग गरेका छन् भने पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने बताउँदै आएका छन्। बसधनी तथा बस समितिले कानुनी प्रक्रिया अनुसार क्षतिपूर्ति उपलब्ध गराउने सहमति जनाएका छन्। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...