News Portal

नुवाकोटमा बसको ठक्करबाट महिलाको मृत्यु

नुवाकोटको तारकेश्वर गाउँपालिका-१, छापडाँडामा बसको ठक्करबाट एक महिलाको ज्यान गएको छ।

संगीता गुरुङ
१७७ पटक

चैत्र ७, नुवाकोट – नुवाकोटको तारकेश्वर गाउँपालिका-१, छापडाँडामा बसको ठक्करबाट एक महिलाको ज्यान गएको छ। स्थानीय ३७ वर्षीया मञ्जु तामाङको उक्त दुर्घटनामा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार, काठमाडौंबाट लर्केपतर्फ जाँदै गरेको बा२ख ६८०४ नम्बरको यात्रु बसले उनलाई किचेको थियो। श्रीमानसँग निग्लेनीबाट फर्किंदै गर्दा उनी बसबाट ओर्लने क्रममा दुर्घटनामा परेकी थिइन्। प्रहरी निरीक्षक श्रीकृष्ण बानियाँका अनुसार, बसबाट ओर्लिएपछि सहचालकलाई भाडा तिर्दै गरेका श्रीमानलाई कुर्दा-कुर्दै उनी बसको पछाडिको टायरले किचिएको बताइएको छ।

घटनापछि तामाङलाई त्रिशूली अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए। शवको पोस्टमार्टमपछि अन्तिम संस्कारका लागि परिवारलाई जिम्मा लगाइएको छ।

मृतकका आफन्तले घटनामा संलग्न चालकलाई कारबाहीको माग गरेका छन् भने पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने बताउँदै आएका छन्। बसधनी तथा बस समितिले कानुनी प्रक्रिया अनुसार क्षतिपूर्ति उपलब्ध गराउने सहमति जनाएका छन्। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...