News Portal

पश्चिम नवलपरासीमा अवैध हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ

प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ।

संगीता गुरुङ
१६३ पटक

चैत्र ७, पश्चिम नवलपरासी – प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ। रामग्राम नगरपालिका–५ स्थित बाईपास क्षेत्रमा विशेष सूचनाका आधारमा गरिएको निगरानीपछि उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा पाल्हिनन्दन गाउँपालिका–२ निवासी २२ वर्षीय सुख सागर यादव र प्रतापपुर गाउँपालिका–८ निवासी ३९ वर्षीय शिवेन्द्र प्रसाद बनियाँ रहेका छन्। उनीहरू भारतीय नम्बर प्लेट भएको मोटरसाइकलमा सवार रहेका बेला प्रहरीले १२ लाख रुपैयाँ नगदसहित पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय, नवलपरासी पश्चिमका इन्स्पेक्टर नारायण थापाका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि हुण्डी कारोबारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। प्रहरीले अवैध वित्तीय कारोबार नियन्त्रण गर्न निगरानी कडा पारिएको जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...