News Portal

पश्चिम नवलपरासीमा अवैध हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ

प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ।

संगीता गुरुङ
१७९ पटक

चैत्र ७, पश्चिम नवलपरासी – प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ। रामग्राम नगरपालिका–५ स्थित बाईपास क्षेत्रमा विशेष सूचनाका आधारमा गरिएको निगरानीपछि उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा पाल्हिनन्दन गाउँपालिका–२ निवासी २२ वर्षीय सुख सागर यादव र प्रतापपुर गाउँपालिका–८ निवासी ३९ वर्षीय शिवेन्द्र प्रसाद बनियाँ रहेका छन्। उनीहरू भारतीय नम्बर प्लेट भएको मोटरसाइकलमा सवार रहेका बेला प्रहरीले १२ लाख रुपैयाँ नगदसहित पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय, नवलपरासी पश्चिमका इन्स्पेक्टर नारायण थापाका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि हुण्डी कारोबारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। प्रहरीले अवैध वित्तीय कारोबार नियन्त्रण गर्न निगरानी कडा पारिएको जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

रास्वपाले नागरिक करारपत्र सार्वजनिक गर्यो : दलीयकरण अन्त्य र सम्पत्ति छानबिनमा जोड

काठमाडौं, ३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनको तयारीका क्रममा नागरिक करारपत्र...

उज्यालो नेपालको चुनावी घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित

काठमाडौं, ३ फागुन – उज्यालो नेपाल पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो चुनावी घोषणापत्र...

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...

बंगलादेशकै झल्को दिने परिणाम आउन सक्छ : ओली

झापा, फागुन ३ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा हुने आगामी निर्वाचनको परिणाम...

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...