News Portal

  • पाटन अस्पतालबाट बलात्कार आरोपित युवक फरार

    पाटन अस्पतालको शौचालयबाट बलात्कार आरोपित युवक फरार भएका छन्।

    संगीता गुरुङ
    १४० पटक

    चैत्र ७, ललितपुर – बलात्कारको आरोपमा पक्राउ परेका १९ वर्षीय दीपक साउद पाटन अस्पतालको शौचालयबाट फरार भएका छन्।

    सातदोबाटो प्रहरी वृत्तका हिरासतमा रहेका साउदलाई बिरामी भएको कारण उपचारका लागि पाटन अस्पताल ल्याइएको थियो। बुधबार दिउँसो करिब १२:३० बजे उनले शौचालय जान चाहेको बहाना बनाएर प्रहरीको नजर चुवाउँदै झ्यालबाट भागेको स्थानीय प्रहरीले पुष्टि गरेको छ।

    साउद माथि १७ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोप छ। उनलाई १८ दिन अघि गिरफ्तार गरेर हिरासतमा राखिएको थियो।

    प्रहरीका अनुसार साउदले शौचालय जानका लागि प्रहरीलाई आग्रह गरेपछि हतकडी खोलिएको थियो। ‘‘झ्यालको अवस्था नजाँच गर्दा उनले अवसरको फाइदा उठाएर भाग्न सफल भए,’’ जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताए।

    साउदको खोजी जारी राखिएको छ, र घटनामा प्रहरीको लापरवाहीको बारेमा छानबिन भइरहेको अधिकारीले जानकारी दिए। उनी १७ वर्षीय किशोरीसँग लिभिङ टुगेदरमा बस्दै थिए र सोही क्रममा बलात्कारको घटना भएको प्रहरीको दाबी छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २२ गतेको राशिफल

    आज असोज २२, २०८२ (अक्टोबर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीले २४ घण्टाभित्र बालेन–सुदनविरुद्धको जाहेरीमा जवाफ दिने

    काठमाडौं, असोज २१ — काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्धको...

    घरै बसेर सजिलै कमाउने प्रलोभनमा नपर्न साइबर प्रहरीले चेतावनी

    काठमाडौं, असोज २१ — सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी बढ्दै गएको छ। नेपाल प्रहरीले विभिन्न लोकप्रिय...

    विश्वप्रकाश शर्माद्वारा विशेष महाधिवेशनका लागि हस्ताक्षर अपिल

    काठमाडौं, असोज २१ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूलाई असोज...

    सिंहदरबारमा राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैठक, राहत प्याकेजमा छलफल

    काठमाडौं, असोज २१ — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...