News Portal

पाटन अस्पतालबाट बलात्कार आरोपित युवक फरार

पाटन अस्पतालको शौचालयबाट बलात्कार आरोपित युवक फरार भएका छन्।

संगीता गुरुङ
२२२ पटक

चैत्र ७, ललितपुर – बलात्कारको आरोपमा पक्राउ परेका १९ वर्षीय दीपक साउद पाटन अस्पतालको शौचालयबाट फरार भएका छन्।

सातदोबाटो प्रहरी वृत्तका हिरासतमा रहेका साउदलाई बिरामी भएको कारण उपचारका लागि पाटन अस्पताल ल्याइएको थियो। बुधबार दिउँसो करिब १२:३० बजे उनले शौचालय जान चाहेको बहाना बनाएर प्रहरीको नजर चुवाउँदै झ्यालबाट भागेको स्थानीय प्रहरीले पुष्टि गरेको छ।

साउद माथि १७ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोप छ। उनलाई १८ दिन अघि गिरफ्तार गरेर हिरासतमा राखिएको थियो।

प्रहरीका अनुसार साउदले शौचालय जानका लागि प्रहरीलाई आग्रह गरेपछि हतकडी खोलिएको थियो। ‘‘झ्यालको अवस्था नजाँच गर्दा उनले अवसरको फाइदा उठाएर भाग्न सफल भए,’’ जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताए।

साउदको खोजी जारी राखिएको छ, र घटनामा प्रहरीको लापरवाहीको बारेमा छानबिन भइरहेको अधिकारीले जानकारी दिए। उनी १७ वर्षीय किशोरीसँग लिभिङ टुगेदरमा बस्दै थिए र सोही क्रममा बलात्कारको घटना भएको प्रहरीको दाबी छ।

 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...