News Portal

सरकार चलाउनेकै छोराले बलात्कार गरेको विप्लवका प्रवक्ताको ठोकुवा

हिमाली संचार संवाददाता
७३७ पटक

कञ्चनपुरकी– बालिका निर्मला पन्तको बलात्कार र हत्याको घटनामा अर्को टि्वस्ट आएको छ । शनिबार राजधानीमा शक्ति प्रदर्शन गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले यो घटनामा सरकार सञ्चालन गरेर बसेका व्यक्तिकै छोराको संलग्नता रहेको ठोकुवा गरेका छन् ।

सार्वजनिक आमसभास्थलबाटै प्रवक्ता प्रकाण्डले हत्यारा सरकार सञ्चालककै छोराछोरी भएको मात्र दाबी गरेनन्, उनले अब आफ्नै पार्टीले हत्याको अनुसन्धान गरेर बलात्कारी र हत्यारालाई कारवाही समेत गर्ने बताए ।

विभिन्न हिंसात्मक कारवाहीहरु गर्दै आएको विप्लव समूहले हत्यारालाई कारवाहीको धम्की दिएको र त्यसमा सरकार सञ्चालकलै सन्तानको संलग्नता रहेको बताएपछि नेताका छोराछोरीमाथि सुरक्षा चिन्ता थपिएको छ ।

Oneline newsबाट  साभार ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...