News Portal

पूर्वपश्चिम राजमार्गमा ग्यास बुलेट दुर्घटना, ठूलो क्षति टर्यो

मकवानपुरको हेटौंडामा आज बिहान ग्यास बुलेट र ट्रक एक आपसमा ठोक्किँदा ग्यास बुलेट सडक किनारमा पल्टिएको छ।

संगीता गुरुङ
१४५ पटक

चैत्र ७, मकवानपुर – हेटौंडामा आज बिहान ग्यास बुलेट र ट्रक एक आपसमा ठोक्किँदा ग्यास बुलेट सडक किनारमा पल्टिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार, बिहान करिब ७:१५ बजे हेटौंडा उपमहानगरपालिका-८ स्थित पूर्वपश्चिम राजमार्गमा वीरगन्जबाट धार्के जाँदै गरेको भारतीय ग्यास बुलेट (एनएल ०१ एए ५००७) र विपरीत दिशाबाट आइरहेको ट्रक (ग १ ख ९४८१) ठोक्किएको हो।

दुर्घटनापछि ग्यास बुलेट सडक छेउमा पल्टिएको भए पनि कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। साथै, सडकमा अवरोध सिर्जना नभएको र सवारी आवागमन सामान्य रूपमा सञ्चालन भइरहेको जनाइएको छ।

प्रहरीका अनुसार दुर्घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...