News Portal

  • एनआरएनएको एकता महाधिवेशनलाई सघाउने काँग्रेस निकट जनसम्पर्क समितिहरूको निर्णय

    हिमालीसंचार संवाददाता
    १७७ पटक

    काठमाडौँ। नेपाली काँग्रेस निकट जनसम्पर्क समितिहरूले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिले आगामी मे ३-५, २०२५ मा काठमाडौँमा आयोजना गर्न लागेको एकता महाधिवेशन सफल पार्न सघाउने निर्णय गरेका छन्।

    भर्चुअल माध्यमबाट आयोजित बैठकमा बोल्दै नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले एनआरएनएमा एक भएर हिँड्न आह्वान गरे। उनले सर्वोच्च अदालतको परमादेश अनुरूप मे महिनामा एकता महाधिवेशन गर्नुको विकल्प नरहेको भन्दै एकताबद्ध भएमा मात्र एनआरएनएले नागरिकता लगायत गैरआवासीय नेपालीहरूका मुद्दालाई टुङ्गोमा पुर्‍याउन सक्ने बताए।

    नेपाली जनसम्पर्क समिति जापानका पूर्व अध्यक्ष तथा एनआरएन अभियन्ता महेश श्रेष्ठले एकताको लागि आह्वान गर्दा अधिकतम लचक बन्न उच्चस्तरीय समितिलाई आग्रह गरे। उनले सर्वोच्चको फैसला बमोजिम मे महिनामा अधिवेशन आयोजना गर्दै सकभर सबै पक्ष सहभागी हुने वातावरण बनाउनुपर्ने बताए।

    जनसम्पर्क समिति क्यानडाका सभापति बुद्धि प्रकाश ओलीले क्यानडामा अहिलेसम्म निकै कम मात्रै एनआरएनएको सदस्य बनेकाले सदस्यता अभियान तीव्र पार्नुपर्ने सुझाव दिए। जनसम्पर्क समिति पोर्चुगलका सभापति युवराज पन्थीले सदस्यता प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउनु पर्ने सुझाव दिए। जनसम्पर्क समिति नेदरल्यान्ड्सका सभापति शालिक गौतमले एनआरएनए लाई एकताबद्ध भएर अगाडी बढाउनु पर्ने जनाए।

    जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक विष्णु सुवेदीले सबै पक्षले महाधिवेशनमा भाग लिने वातावरण बनाउन उच्चस्तरीय समितिले सक्दो प्रयास गर्नुपर्ने सुझाव दिए। विमल सुवेदी (कतार)ले उच्चस्तरीय समितिले बालुवाटारस्थित सङ्घको सचिवालयमा बसेर काम गर्नु पर्ने बताए।

    काँग्रेस नेता हरिबोल भट्टराईले एकताको विकल्प नभएको बताउँदै एनआरएन नागरिकता सम्बन्धी मस्यौदा हुँदै गरेको विधेयक कस्तो बन्दै छ चनाखो हुनुपर्ने बताए। बैठकमा एनआरएन अभियन्ता गंगाधर गौतमले सम्मानित सर्वोच्च अदालतको परमादेशको सबैले सम्मान गर्नु पर्ने बताए। उनले बढी भन्दा बढी एनआरएनहरूलाई सदस्य बन्न प्रोत्साहित गर्न अभियान चलाउनुपर्ने सुझाव दिए।

    कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा जनसम्पर्क विभाग प्रमुख किरण पौडेलले नेपाली काँग्रेस कानुनको सर्वोच्चतालाई मान्ने पार्टी भएकाले सम्मानित सर्वोच्च अदालतको परमादेश अनुसार आयोजना गर्न लागिएको एकता महाधिवेशनलाई सबैले सघाउनुपर्ने बताए। उनले परराष्ट्रमन्त्रीको निर्देशन नै एकताको मुख्य आधार हो भन्दै सबै पक्षलाई समेट्ने गरी मे ३-५ मा अधिवेशन आयोजना गर्न पहल गर्न आग्रह गरे। उनले एनआरएनएका सबै पञ्जीकृत सदस्यहरूले भोट हाल्न पाउने अवस्थाले डेलिगेट्सको विवाद समाधान हुने अवस्था देखिएको बताए। उनले संसारभरि रहेका जनसम्पर्क समितिहरूलाई एकताबद्ध र अनुशासित भएर क्रियाशील हुन आग्रह पनि गरे।

    बैठकमा जनसम्पर्क समिति जापानका सभापति रोशन केसी, मलेसियाका सभापति चोलाकान्त पङ्गेनी, युएइका सभापति भुवानी तिम्सिना, साउदी अरबका सभापति अर्जुन थापा, नेदरल्यान्ड्सका सभापति शालिक गौतम, बेल्जियमका सभापति सुवास गुरुङ, स्पेनका सभापति सन्तोष श्रेष्ठ, अष्ट्रेलियाका पूर्व सभापति कृष्ण गिरि, नारायण सुवेदी (जापान), नरेन्द्र भाट (कतार), शैलु अधिकारी (डेनमार्क), चिन्तामणि सापकोटा (स्पेन), शालिक राम डुम्रे (स्पेन), एकराज गिरी (स्पेन), छविलाल कँडेल (इटाली), विनोद कार्की (आयरल्यान्ड), जनसम्पर्क समिति बेल्जियमकी पूर्व सभापति सीता सापकोटा, जनसम्पर्क समिति पोर्चुगलका पूर्व सभापति तिलक गैह्रे, एनआरएन अभियन्ताहरू डा केशव पौडेल, सुनिल साह, बुद्धि सुवेदी, प्रमोद सिटौला, सिपी पौडेल, दीपक गौतम लगायतले मे महिनामा महाधिवेशन भए पछि फेरि अक्टोबरमा महाधिवेशन गर्नु अदालतको अवहेलना हुने भएकाले सबै पक्षलाई आफ्नो इगो र हठ त्यागी एकताको महाधिवेशनमा सहभागी हुन आग्रह गरेका थिए।

    एनआरएनए उच्चस्तरीय समितिले आआफ्नो एनसीसी मार्फत वा समितिको वेबसाइटमा गएर ३१ मार्च २०२५ भित्र सदस्यताका लागि आवेदन दिन एनआरएनएको सदस्य बन्न योग्य सबै गैरआवासीय नेपालीहरूलाई अपिल गरेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    कानेपोखरी २ का गरिब परिवारहरू अझै अध्यारो रातमा रात बिताउँदै

    रविन्द्र बराल/ मोरङ, असार १२ – मोरङको कानेपोखरी २, दलेलीस्थित सुकुम्बासी बस्तीका केही घरपरिवारहरू अहिले...

    २१ वर्षअघि हत्या गरी भारत भागेका पूर्णबहादुर सार्की पाल्पा प्रहरीले सीमाबाट पक्राउ

    पाल्पा, असार १२ – दुई दशकअघि हत्या गरी भारततर्फ फरार रहेका एक अभियुक्तलाई पाल्पा प्रहरीले...

    रास्वपाको महामन्त्रीको दावीमा मुकुल ढकालको रिटमा सुनुवाइ टुंगियो, अदालतको आदेश प्रतिक्षामा

    काठमाडौं, असार १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा आफ्नो वैधानिक दाबी गर्दै...

    नारायणगढ–मुग्लिन सडकखण्ड आज दुई घण्टा बन्द हुने, तुइन खोला नजिक ढुंगा हटाइँदै

    चितवन, असार १२ – चितवनस्थित नारायणगढ–मुग्लिन सडकखण्ड आज असार १२ गते बिहीबार बिहान ११ बजेदेखि...

    रवि लामिछानेको पक्षमा हस्ताक्षर अभियानसँगै रास्वपाले सुरु गर्‍यो चन्दा संकलन, रकमको प्रयोगबारे प्रश्न उठ्न थाले

    काठमाडौं, असार १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध चलिरहेको मुद्दासम्बन्धी न्यायिक लडाइँका...