News Portal

रामनवमीको अवसरमा चैत्र २४ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले यस वर्षको रामनवमी पर्व को अवसरमा चैत्र २४ गते (अप्रील ६, २०२५) सार्वजनिक बिदा दिने घोषणा गरेको छ।

हिमालीसंचार संवाददाता
२०५ पटक

चैत्र ६, काठमाडौँ – सरकारले यस वर्षको रामनवमी पर्व को अवसरमा चैत्र २४ गते (अप्रील ६, २०२५) सार्वजनिक बिदा दिने घोषणा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङ ले सो निर्णय सार्वजनिक गरेका हुन्।

त्यस्तै, राष्ट्रिय विपद् जोखिम प्राधिकरणको कार्यकारी प्रमुखमा दिनेश प्रसाद भट्ट लाई नियुक्त गरिएको छ। सरकारका अनुसार, विद्यालय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत विश्व बैंकबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय पनि गरिएको छ।

साथै, ऋण असुली न्यायाधिकरणको बैंकिङ सदस्य पदमा नरेशराज अर्याल लाई नियुक्त गरिएको छ। नेपाली सेनामा उपरथी पदमा विशेष बढुवा, सहायक रथी पदमा एक जनालाई बढुवा तथा सहायक रथी पदमा एक जनाको कार्यकाल थप गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

यसबाहेक, जनक शिक्षा सामग्री केन्द्रको प्रवन्ध सञ्चालक पदमा यदुनाथ पौडेल लाई नियुक्त गर्ने निर्णय लिइएको छ। सरकारका प्रवक्ताका अनुसार, यी निर्णयहरू राष्ट्रको प्रशासनिक व्यवस्थापनलाई थप सुदृढ बनाउन महत्वपूर्ण मानिएको छ।

 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...