News Portal

सेयर बजार लगातार ओरालो, कारोबार रकम पनि घट्दै

हिमालीसंचार संवाददाता
२८९ पटक

चैत्र ५, काठमाडौं – सेयर बजारमा गिरावट आउने क्रम मंगलबार पनि जारी रह्यो। पछिल्लो तीन दिनदेखि ओरालो लागेको नेप्से परिसूचक आज थप ७.६६ अंकले घट्दै २६९७.०४ विन्दुमा पुगेको छ।

आइतबार २१.६४ अंकले घटेको नेप्से सोमबार थप १०.१४ अंकले कमजोर बनेको थियो। बजार घटेसँगै कारोबार रकममा समेत गिरावट देखिएको छ। सोमबार ५ अर्ब ४० करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ४ अर्ब ३४ करोड ६६ लाख रुपैयाँमा सीमित रह्यो।

आज ३१३ वटा कम्पनीका ८२ लाख ३७ हजार कित्ता सेयर किनबेच भए। बजारमा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर सबैभन्दा धेरै ९.९६ प्रतिशतले बढ्यो भने हिमालयन पावर पार्टनरको ९.९० प्रतिशत र अपर सोलु हाइड्रो इलेक्ट्रिकको ७.७८ प्रतिशतले वृद्धि भयो।

तर, सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले भने ठूलो घाटा व्यहोरे। सो कम्पनीको सेयर मूल्य ८.२१ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रह्यो, जसको ३२ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भयो।

अन्य प्रमुख कारोबार भएका कम्पनीहरूमा घलेमादी हाइड्रो (२२ करोड), नेपाल रिइन्स्योरेन्स (१८ करोड), लाइफ इन्स्योरेन्स (१६ करोड) र नारायणी डेभलपमेन्ट बैंक (१३ करोड) परेका छन्।

आज ८६ कम्पनीका सेयर मूल्य बढे पनि १५२ कम्पनीका सेयर ओरालो लागेका छन् भने पाँच कम्पनीको मूल्य स्थिर रह्यो। समूहगत उपसूचकमध्ये अदर्श समूह मात्रै हरियो देखियो, जसले ०.११ प्रतिशतले वृद्धि हासिल गर्‍यो, भने अन्य सबै समूह राताम्मे बनेका छन्।

 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...