News Portal

२५ करोड डलर र युरो बोकेर केरुङ नाका हुँदै चीनबाट सुन तस्करीको प्रयास

संगीता गुरुङ
१९२ पटक

चैत्र ५, काठमाडौँ – चैत्र ४ गते राति १० बजेतिर टोखामा स्थित झोर महांकालबाट प्रहरीले एक ट्रकलाई नियन्त्रणमा लियो। उक्त ट्रकको नम्बर ना.७ ख १६५२ थियो र यसलाई सिन्धुपाल्चोकका स्थानीय कुसाङ लामाले चलाउँदै थिए। उनी ‘फुच्चे’ उपनामले परिचित छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरेको नेतृत्वमा रहेको टोलीले ट्रकको जाँच गर्दा, ड्राइभर सिटको ठीक माथि बनाइएको झोलामा लुकाएर २५ करोड १ लाख ६० हजार रुपैयाँ बराबरको युरो र डलर भेटिएको एसएसपी रमेश बस्नेतले जानकारी दिए।

अनुसन्धान अनुसार, कुसाङ लामाले विदेशी मुद्रा केरुङ नाका हुँदै चीनतर्फ सुन खरीद गर्न जाँदै थिए। यसअघि पनि उनी सुन तस्करीमा संलग्न भइ २०१७ मा ७ केजी सुनसहित पक्राउ परेका थिए। ५ वर्ष जेल बसेर २०२२ मा रिहा भएपछि उनले पुनः सुन तस्करीको कार्यलाई जारी राखेका थिए।

हाल कुसाङलाई थप अनुसन्धान र कानुनी कारवाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाइएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...