News Portal

पोखरामा सिचुआन एयरलाइन्सको नियमित चार्टर उडान सुरु

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ वायुसेवा कम्पनी सिचुआन एयरलाइन्सले नियमित चार्टर उडान सुरु गरेको छ।

संगीता गुरुङ
२९० पटक

पोखरा, चैत्र ५ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ वायुसेवा कम्पनी सिचुआन एयरलाइन्सले नियमित चार्टर उडान सुरु गरेको छ। पहिलो उडान सफलतापूर्वक पोखरामा अवतरण भइसकेको छ।

नेपालस्थित चिनियाँ दूतावासका अनुसार छेन्दुबाट आएको यो उडानमार्फत १२८ यात्रु पोखरा आइपुगेका छन्, भने १२० यात्रु सोही उडानबाट छेन्दु प्रस्थान गर्नेछन्।

यसअघि प्रवर्द्धनात्मक चार्टर उडान भए पनि पोखरामा नियमित उडान सुरु हुन सकेको थिएन। अब भने सिचुआन एयरलाइन्सले नियमित रूपमा चार्टर उडान सञ्चालन गर्ने निर्णय गरेको छ।

यसले चिनियाँ पर्यटकका लागि काठमाडौं हुँदै पोखरा जानुपर्ने झन्झट हटाउनेछ। सोही कारण पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...

आज २०८३ साल वैशाख १३ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...