News Portal

पोखरामा सिचुआन एयरलाइन्सको नियमित चार्टर उडान सुरु

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ वायुसेवा कम्पनी सिचुआन एयरलाइन्सले नियमित चार्टर उडान सुरु गरेको छ।

संगीता गुरुङ
१९७ पटक

पोखरा, चैत्र ५ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ वायुसेवा कम्पनी सिचुआन एयरलाइन्सले नियमित चार्टर उडान सुरु गरेको छ। पहिलो उडान सफलतापूर्वक पोखरामा अवतरण भइसकेको छ।

नेपालस्थित चिनियाँ दूतावासका अनुसार छेन्दुबाट आएको यो उडानमार्फत १२८ यात्रु पोखरा आइपुगेका छन्, भने १२० यात्रु सोही उडानबाट छेन्दु प्रस्थान गर्नेछन्।

यसअघि प्रवर्द्धनात्मक चार्टर उडान भए पनि पोखरामा नियमित उडान सुरु हुन सकेको थिएन। अब भने सिचुआन एयरलाइन्सले नियमित रूपमा चार्टर उडान सञ्चालन गर्ने निर्णय गरेको छ।

यसले चिनियाँ पर्यटकका लागि काठमाडौं हुँदै पोखरा जानुपर्ने झन्झट हटाउनेछ। सोही कारण पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...