News Portal

आजको राशिफल

आज चैत्र ५, २०८१ (मार्च १८, २०२५) को राशिफल यस प्रकार रहेको छ:

हिमालीसंचार संवाददाता
१९४ पटक

आज चैत्र ५, २०८१ (मार्च १८, २०२५) को राशिफल यस प्रकार रहेको छ:

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

दाम्पत्य जीवन सुखमय रहनेछ। व्यापार व्यवसायमा आफन्तहरूको सहयोग मिल्नेछ। कानुनी मामिलाहरू सुल्झिनेछन्। मनमा चिताएको कार्य पूरा गर्न सकिनेछ। (शुभ रंग: हरियो, शुभ अंक: ४)

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

कार्यक्षेत्रमा सफलता प्राप्त गर्न केही संघर्ष गर्नुपर्नेछ। मित्रहरूको सहयोग सोचेजस्तो नहुन सक्छ। विद्यार्थीहरूका लागि राम्रो दिन रहनेछ। (शुभ रंग: निलो, शुभ अंक: ३)

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

प्रतियोगी परीक्षामा सफलता मिल्ने सम्भावना छ। नयाँ रोजगारी वा व्यवसायको सुरुवात हुनेछ। जग्गा-जमिनबाट लाभ मिल्नेछ। स्वास्थ्यमा अनिन्द्राको समस्या देखिन सक्छ। (शुभ रंग: पहेँलो, शुभ अंक: ३)

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

अधुरो कार्य सम्पन्न हुने सम्भावना छ। आत्मबलमा वृद्धि हुनेछ। आफन्तबाट सहयोग प्राप्त हुनेछ। नोकरी वा व्यवसायमा सफलता मिल्नेछ। (शुभ रंग: हरियो, शुभ अंक: २)

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सामाजिक प्रतिष्ठा बढ्नेछ। कार्यक्षेत्रमा सहयोगीहरूको समर्थन पाइनेछ। आर्थिक रूपमा राम्रो फाइदा मिल्नेछ। (शुभ रंग: रातो, शुभ अंक: ३)

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

व्यापार व्यवसायमा सोचेजस्तो लाभ प्राप्त नहुन सक्छ। पारिवारिक निर्णयहरूमा अभिभावकको सल्लाह लिँदा राम्रो हुनेछ। (शुभ रंग: सुन्तला, शुभ अंक: ६)

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

कार्य क्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। बोलिचालीले समस्याहरू समाधान गर्न सकिन्छ। (शुभ रंग: सेतो, शुभ अंक: ४)

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

विदेश यात्राको अवसर आउन सक्छ। आर्थिक पक्ष सबल हुनेछ। स्वास्थ्यमा अलि ध्यान दिनुपर्नेछ। (शुभ रंग: निलो, शुभ अंक: २)

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

विद्यार्थीहरूले अध्ययनमा प्रगति गर्नेछन्। कार्यक्षेत्रमा राम्रो अवसर प्राप्त हुनेछ। शेयर बजारमा लगानी गर्ने सोच भए लाभ मिल्ने सम्भावना छ। (शुभ रंग: खैरो, शुभ अंक: ६)

मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि)

सानो प्रयासले ठूलो परिवर्तन ल्याउन सकिन्छ। कार्यक्षेत्रमा नयाँ अवसरहरू प्राप्त हुनेछन्। परिवारजनको साथ सहयोग प्राप्त हुनेछ। (शुभ रंग: सेतो, शुभ अंक: १)

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

जीवनसाथीको स्वास्थ्यमा ध्यान दिनुपर्छ। नयाँ पहिरन र स्वादिष्ट भोजनको आनन्द लिने अवसर मिल्नेछ। छरछिमेकसँग विवाद हुन सक्ने सम्भावना छ, सतर्क रहनुहोस्। (शुभ रंग: बैजनी, शुभ अंक: २)

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

कार्यस्थलमा विचार पुर्‍याएर बोल्नुहोला। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ। कृषिबाट लाभ प्राप्त गर्न सकिन्छ। विद्यार्थीहरूको बौद्धिक क्षमता बढ्नेछ। (शुभ रंग: निलो, शुभ अंक: २)

तपाईंको दिन शुभ रहोस्!

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...