News Portal

नेपाली जनप्रगतिशील मञ्च कुवेतको अध्यक्ष राजन श्रेष्ठले दिए राजीनामा

हिमालीसंचार संवाददाता
४५३ पटक

कुवेत – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको वैदेशिक भातृ संगठन नेपाली नेपाली जनप्रगतिशील मञ्च कुवेतको अ राजन श्रेष्ठले राजीनामा दिएको छ।

नेपाली जनप्रगतिशील मञ्च कुवेतको प्रेस विज्ञप्ति

हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रको भातृ संगठन नेपाली जनप्रगतिशील मञ्च कुवेतको गत जुन २०२४ मा सम्पन्न पाँचौं राष्ट्रिय महाधिवेशनबाट क राजन श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित भएको सबैमा अवगत नै छ। पार्टीको नीति निर्देशनको पालना गर्दै पार्टी केन्द्रलाई प्रवासबाट योगदान दिँदै प्रवासीहरुका हक हित  संरक्षणमा लागिरहेको यस मञ्चको अध्यक्ष क राजन श्रेष्ठले प्रवासको श्रमिक दैनिकीको कारण मञ्चको कार्यकारी पदमा रहेर काम गर्न असहज भएपछि यस मञ्चलाई जानकारी गराई मञ्चको अध्यक्ष पदबाट राजीनामा दिनु भएकोले मञ्चको कार्यसमितिको पूर्ण बैठकले यो कार्यकाललाई सहज र सरल रुपमा सम्पन्न गर्नको लागि प्रथम उपाध्यक्ष जीवन सुनारलाई अध्यक्षको कार्यभार सुम्पिएको सम्बन्धित समयमा जानकारी गराइन्छ।

हार्दिक अभिवादन सहित
क बहादुर भुजेल
संरक्षक नेपाली जनप्रगतिशील मञ्च कुवेत   

प्रतिकृया दिनुहोस्

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...