News Portal

  • एमालेद्वारा राजावादी गतिविधिविरुद्ध विशेष प्रस्ताव पारित

    नेपालमा लोकतान्त्रिक गणतन्त्रविरुद्ध भइरहेका गतिविधिप्रति चिन्ता व्यक्त गर्दै सत्तारुढ दल नेकपा एमालेले विशेष प्रस्ताव पारित गरेको छ।

    हिमालीसंचार संवाददाता
    १९० पटक

    चैत्र ४, काठमाडौं – नेपालमा लोकतान्त्रिक गणतन्त्रविरुद्ध भइरहेका गतिविधिप्रति चिन्ता व्यक्त गर्दै सत्तारुढ दल नेकपा एमालेले विशेष प्रस्ताव पारित गरेको छ। सोमबार बसेको पार्टी सचिवालय बैठकले लोकतान्त्रिक व्यवस्था र संविधानको रक्षा गर्दै कुनै पनि पश्चगामी प्रयासलाई अस्वीकार गर्ने निर्णय गरेको हो।

    एमाले उपमहासचिव प्रदीप ज्ञवालीले वंशानुगत शासन व्यवस्थाको अवधारणा वर्तमान युगमा पूर्णतः अव्यावहारिक, हानिकारक र निरर्थक रहेको बताए। उनका अनुसार जनताको लामो संघर्षबाट प्राप्त उपलब्धिहरूलाई उल्ट्याउने प्रयास सफल हुन सक्दैन।

    संघीय लोकतान्त्रिक गणतन्त्र अस्वीकार गर्न सकिन्न

    एमालेले पारित गरेको प्रस्तावमा नेपालको लोकतान्त्रिक गणतन्त्र जनताको सात दशक लामो संघर्ष र बलिदानको परिणाम भएको उल्लेख गरिएको छ। विगतमा राजतन्त्रले पटक-पटक जनअधिकार कुण्ठित गरेकाले संविधानसभामार्फत संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको प्रस्तावमा उल्लेख छ।

    पार्टीका अनुसार नेपालले लोकतन्त्र स्थापनापछि भौतिक पूर्वाधार, सामाजिक विकास, जनजीवन र अन्तर्राष्ट्रिय सम्बन्धका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ। सशस्त्र द्वन्द्व, प्राकृतिक विपत्ति जस्ता चुनौतीबीच पनि देशले महत्वपूर्ण उपलब्धिहरू हासिल गरिसकेको एमालेको दाबी छ।

    लोकतन्त्रको रक्षा सबैको जिम्मेवारी

    एमालेले लोकतान्त्रिक व्यवस्थाविरुद्ध भ्रम सिर्जना गर्ने, नकारात्मक प्रचार गर्ने तथा जनताको मनोबल कमजोर बनाउने कुनै पनि प्रयासलाई खारेज गर्ने प्रतिबद्धता जनाएको छ। प्रस्तावमा विशेष रूपमा युवा पुस्तालाई लोकतन्त्र, स्वतन्त्रता र मानव अधिकारको मूल्य बुझ्न आह्वान गरिएको छ।

    पार्टीले साढे दुई शताब्दीसम्म रहेको राजतन्त्रको तुलनामा लोकतान्त्रिक व्यवस्थाले नेपाललाई धेरै अगाडि बढाएको तर्क गर्दै जन्मसिद्ध शासनको अवधारणा अब अप्रासंगिक रहेको प्रष्ट पारेको छ। एमालेले गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि आम नागरिकलाई सचेत रहन आग्रह गरेको छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड

    बंगलादेश, मंसिर १ – बंगलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै...

    ललितपुरमा २१ लाख बराबरको चोरी, ३ मुख्य आरोपी पक्राउ

    ललितपुर, मंसिर १ – ललितपुरको इमाडोलमा २१ लाख ८३ हजार रुपैयाँ बराबरको चोरी भएको घटनामा प्रहरीले...

    प्रतिनिधिसभा पुनर्स्थापनापछि निष्पक्ष सरकारका लागि ओली प्रधानमन्त्री नबन्ने ग्यारेन्टी

    काठमाडौं, मंसिर १ – एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले वर्तमान सरकारले चुनाव गराउने क्षमता र...

    तोकिएको समयमा निर्वाचन गर्न दलहरूको साझा सहमति आवश्यक : प्रचण्ड

    काठमाडौं, मंसिर १ — आगामी निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न राजनीतिक दलहरूको एकमत आवश्यक रहेको...

    राष्ट्रिय परिचयपत्रमार्फत मतदाता दर्तामा बढ्दो रुचि, तीन लाखभन्दा धेरैले बायोमेट्रिक दर्ता

    काठमाडौं, मंसिर १ – राष्ट्रिय परिचयपत्र प्रयोग गरेर मतदाता नामावली दर्ता गर्ने संख्या तीव्र रूपमा...