News Portal

एमालेद्वारा राजावादी गतिविधिविरुद्ध विशेष प्रस्ताव पारित

नेपालमा लोकतान्त्रिक गणतन्त्रविरुद्ध भइरहेका गतिविधिप्रति चिन्ता व्यक्त गर्दै सत्तारुढ दल नेकपा एमालेले विशेष प्रस्ताव पारित गरेको छ।

हिमालीसंचार संवाददाता
३४३ पटक

चैत्र ४, काठमाडौं – नेपालमा लोकतान्त्रिक गणतन्त्रविरुद्ध भइरहेका गतिविधिप्रति चिन्ता व्यक्त गर्दै सत्तारुढ दल नेकपा एमालेले विशेष प्रस्ताव पारित गरेको छ। सोमबार बसेको पार्टी सचिवालय बैठकले लोकतान्त्रिक व्यवस्था र संविधानको रक्षा गर्दै कुनै पनि पश्चगामी प्रयासलाई अस्वीकार गर्ने निर्णय गरेको हो।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले वंशानुगत शासन व्यवस्थाको अवधारणा वर्तमान युगमा पूर्णतः अव्यावहारिक, हानिकारक र निरर्थक रहेको बताए। उनका अनुसार जनताको लामो संघर्षबाट प्राप्त उपलब्धिहरूलाई उल्ट्याउने प्रयास सफल हुन सक्दैन।

संघीय लोकतान्त्रिक गणतन्त्र अस्वीकार गर्न सकिन्न

एमालेले पारित गरेको प्रस्तावमा नेपालको लोकतान्त्रिक गणतन्त्र जनताको सात दशक लामो संघर्ष र बलिदानको परिणाम भएको उल्लेख गरिएको छ। विगतमा राजतन्त्रले पटक-पटक जनअधिकार कुण्ठित गरेकाले संविधानसभामार्फत संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको प्रस्तावमा उल्लेख छ।

पार्टीका अनुसार नेपालले लोकतन्त्र स्थापनापछि भौतिक पूर्वाधार, सामाजिक विकास, जनजीवन र अन्तर्राष्ट्रिय सम्बन्धका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ। सशस्त्र द्वन्द्व, प्राकृतिक विपत्ति जस्ता चुनौतीबीच पनि देशले महत्वपूर्ण उपलब्धिहरू हासिल गरिसकेको एमालेको दाबी छ।

लोकतन्त्रको रक्षा सबैको जिम्मेवारी

एमालेले लोकतान्त्रिक व्यवस्थाविरुद्ध भ्रम सिर्जना गर्ने, नकारात्मक प्रचार गर्ने तथा जनताको मनोबल कमजोर बनाउने कुनै पनि प्रयासलाई खारेज गर्ने प्रतिबद्धता जनाएको छ। प्रस्तावमा विशेष रूपमा युवा पुस्तालाई लोकतन्त्र, स्वतन्त्रता र मानव अधिकारको मूल्य बुझ्न आह्वान गरिएको छ।

पार्टीले साढे दुई शताब्दीसम्म रहेको राजतन्त्रको तुलनामा लोकतान्त्रिक व्यवस्थाले नेपाललाई धेरै अगाडि बढाएको तर्क गर्दै जन्मसिद्ध शासनको अवधारणा अब अप्रासंगिक रहेको प्रष्ट पारेको छ। एमालेले गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि आम नागरिकलाई सचेत रहन आग्रह गरेको छ।

 

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...