News Portal

मोटरसाइकल बचाउने क्रममा बस दुर्घटना, १४ जना घाइते

तुलसीपुरमा मोटरसाइकल बचाउने क्रममा एक बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन्।

संगीता गुरुङ
२६७ पटक

दाङ, चैत्र ४ – तुलसीपुरमा एक बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन्। दुर्घटना तुलसीपुर–१८, मनिकापुर नजिकै भएको हो।

प्राप्त जानकारीअनुसार घोराहीबाट तुलसीपुरतर्फ गइरहेको रा १ ख ३१२६ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको रा ६ प २६२९ नम्बरको मोटरसाइकललाई जोगाउने क्रममा नियन्त्रण गुमायो। बस सडक किनारमा पल्टिँदा यात्रुहरू घाइते भएका हुन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार ६१ वर्षीया धनी केसी गम्भीर घाइते भएकी छन्। उनलाई राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज नर्सिङ होम पठाइएको छ। अन्य घाइतेहरूको तुलसीपुरमै उपचार भइरहेको छ।

प्रहरीले बस चालक र मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १३ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...