News Portal

मोटरसाइकल बचाउने क्रममा बस दुर्घटना, १४ जना घाइते

तुलसीपुरमा मोटरसाइकल बचाउने क्रममा एक बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन्।

संगीता गुरुङ
२२३ पटक

दाङ, चैत्र ४ – तुलसीपुरमा एक बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन्। दुर्घटना तुलसीपुर–१८, मनिकापुर नजिकै भएको हो।

प्राप्त जानकारीअनुसार घोराहीबाट तुलसीपुरतर्फ गइरहेको रा १ ख ३१२६ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको रा ६ प २६२९ नम्बरको मोटरसाइकललाई जोगाउने क्रममा नियन्त्रण गुमायो। बस सडक किनारमा पल्टिँदा यात्रुहरू घाइते भएका हुन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार ६१ वर्षीया धनी केसी गम्भीर घाइते भएकी छन्। उनलाई राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज नर्सिङ होम पठाइएको छ। अन्य घाइतेहरूको तुलसीपुरमै उपचार भइरहेको छ।

प्रहरीले बस चालक र मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...