News Portal

सेयर बजारमा गिरावट, नेप्से परिसूचक २१.६३ अंकले घट्यो

हिमालीसंचार संवाददाता
१३९ पटक

चैत्र ३, काठमाडौं – साताको पहिलो दिन आज सेयर बजारमा गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.६३ अंकले घट्दै २,७१४.८५ विन्दुमा पुगेको छ।

आजको कारोबार रकम ६ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको ७ अर्ब २१ करोड रुपैयाँको तुलनामा कम हो। बजारमा ३१ कम्पनीको सेयर मूल्य बढेको छ भने २०७ कम्पनीको सेयर मूल्य घटेको छ। त्यस्तै, ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

सबैभन्दा धेरै वृद्धि सामुदायिक लघुवित्तको सेयरमा देखिएको छ, जुन ८ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। भने, ग्रीन डेभलपमेन्ट बैंक र पिपुल्स हाइड्रोपावरको सेयर मूल्यमा ठूलो गिरावट आएको छ।

बजारमा आज सबैभन्दा बढी गिरावट विकास बैंक समूहमा देखियो, जसको परिसूचक २.२५ प्रतिशतले घटेको छ। कारोबार रकम, कारोबार भएको सेयर संख्या र कुल कारोबार संख्याका आधारमा हिमालय रिइन्स्योरेन्स, घलेम्दी हाइड्रो र गार्डियन लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेका छन्।

आजको कारोबारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनी हिमालय रिइन्स्योरेन्स रहेको छ, जसको ५८ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। अन्य केही सूचकमा सुधार देखिए पनि समग्र बजार भने ओरालो लागेको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...