News Portal

राष्ट्रपति र प्रधानमन्त्री जनताले चयन नगरेका हुन्: सांसद ज्ञानेन्द्र शाही

संगीता गुरुङ
२६६ पटक

काठमाडौं, चैत ३ – राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र बहादुर शाहीले वर्तमान राजनीतिक व्यवस्था जनताको चाहनामा आधारित नभइ, केही सीमित नेताहरूको स्वार्थलाई समर्थन गर्ने आरोप लगाएका छन्।

आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै शाहीले भने, “पछिल्ला १६ वर्षको अवधिमा यो व्यवस्था जनताको स्थिति सुधार्न सफल भएको छैन। यसले केवल केही नेताहरूलाई मात्र फाइदा पुर्याएको छ।” उनले प्रजातन्त्र र राजतन्त्रको संयोजनलाई आफ्नो पक्षको मुद्दा भएको उल्लेख गर्दै, राष्ट्रपतिको स्थानमा राजा राख्ने व्यवस्थालाई आवश्यक ठहराए।

सांसद शाहीले वर्तमान व्यवस्था जनताको चाहनामा आधारित नहुई, सीमित सांसदहरूले निर्णय गरेको दावी गरे। उनले थपे, “यदि हिम्मत छ भने, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको चयन गर्न सकिन्छ।”

शाहीले विभिन्न हत्याकाण्डका बारेमा पनि प्रश्न उठाए। उनले मदन भण्डारीको हत्यारा पहिचान गर्न नसकेको र निर्मला पन्तको हत्यारा अझै पत्ता नलागेको अवस्थामा, “बाँदरमुडे घटना र शिक्षक मुक्तिनाथ अधिकारीको हत्यारा संसद सदस्य बनेर हिँडिरहेको” विषयमा आपत्ति जनाए।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...