News Portal

चन्द्रागिरिमा पोखरीमा डुबेर पाँच वर्षीया बालिकाको ज्यान गयो

काठमाडौंको चन्द्रागिरि नगरपालिका-८ मा निर्माणाधीन पार्कको पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

संगीता गुरुङ
३०४ पटक

काठमाडौं, चैत ३ – काठमाडौंको चन्द्रागिरि नगरपालिका-८ मा निर्माणाधीन पार्कको पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

शनिबार बेलुकी पोखरीमा डुबेपछि गम्भीर अवस्थामा अस्पताल लगिएकी सल्यानकी पाँच वर्षीया पूर्णिमा थापाको उपचारका क्रममा ज्यान गएको हो। उनी हाल परिवारसँग चन्द्रागिरिमा बस्दै आएकी थिइन्।

बालिकालाई उनका बाबु घनश्याम थापाले उद्धार गरी बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल पुर्याएका थिए। तर, चिकित्सकले साँझ ७:१३ बजे उनलाई मृत घोषित गरेको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ।

उक्त पार्क सर्वसाधारणका लागि खुला रहेको बुझिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...