News Portal

शृङ्खलाबद्ध लुटपाट तथा हत्याका मुख्य अभियुक्त बुद्धिमान तामाङ पक्राउ

शृङ्खलाबद्ध लुटपाट तथा हत्याका मुख्य अभियुक्त बुद्धिमान तामाङ पक्राउ परेका छन्।

संगीता गुरुङ
२३१ पटक

काठमाडौं, १ चैत — विभिन्न आपराधिक गतिविधिमा संलग्न बुद्धिमान तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ का स्थायी बासिन्दा ४८ वर्षीय तामाङलाई १८ फागुनमा ललितपुरबाट पक्राउ गरिएको हो।

प्रहरी अनुसन्धानका अनुसार तामाङले आफ्ना दाजु वीरमान तामाङ र अन्य सहयोगीहरूका साथ शृङ्खलाबद्ध रूपमा लुटपाट तथा आपराधिक गतिविधि सञ्चालन गर्दै आएका थिए। उनीविरुद्ध हत्या, ठगी, डाँकाचोरी, अभद्र व्यवहार लगायतका आठ वटा फौजदारी मुद्दा दर्ता छन्।

गुल्मीमा होटल सञ्चालिकाको हत्या

गुल्मीको मुसिकोट नगरपालिका–७ न्वारामा गंगा होटल सञ्चालिका ५८ वर्षीया गोपालकुमारी शेरचनको हत्या अभियोगमा सीआईबीले तामाङलाई पक्राउ गरेको हो। १५ माघ २०७९ मा टेपले हातखुट्टा बाँधेर निर्ममतापूर्वक हत्या गरिएकी शेरचनसँग भएका करिब १० तोला सुनका गरगहना लुटिएको थियो।

काभ्रेका विभिन्न स्थानमा लुटपाट

तामाङको आपराधिक समूहले विशेष गरी काभ्रेपलाञ्चोकलाई केन्द्र बनाई लुटपाट गर्ने गरेको अनुसन्धानबाट खुलेको छ। काभ्रेको धुलिखेल, बनेपा, पनौती लगायतका क्षेत्रमा डकैतीका घटनाहरूमा उनको संलग्नता देखिएको छ।

२०७९ कात्तिक २७ मा धुलिखेलमा बेली तामाङको घरमा आक्रमण गरी नगद तथा गरगहना लुटिएको थियो। सोही क्रममा घरमा रहेका साना बच्चा र बृद्धालाई समेत त्रास फैलाइएको प्रहरी स्रोतले जनाएको छ। यस्तै, २०८० सालमा भएका तीन वटा डाँकाचोरीमा उनको प्रत्यक्ष संलग्नता रहेको प्रमाण भेटिएको छ। २०८१ साउनमा पनौतीस्थित एक खाजाघरमा ४० हजार रुपैयाँ लुटिएको थियो भने, ४ माघमा बनेपामा डकैती गरिएको थियो।

पहिले पनि पक्राउ परिसकेका थिए

बुद्धिमान तामाङ यसअघि पनि विभिन्न आरोपमा पक्राउ परिसकेका छन्। २०६१ सालमा काठमाडौं प्रहरीले डलर ठगीको आरोपमा पक्राउ गरेको थियो। त्यसपछि २०६२ सालमा ललितपुरमा डाँकाचोरी अभियोगमा मुद्दा चलेको थियो। २०७८ सालमा सिन्धुपाल्चोकबाट अभद्र व्यवहारको आरोपमा पुनः पक्राउ परेका थिए।

हाल सीआईबीले उनलाई गुल्मी पठाउने तयारी गरिरहेको छ। यसअघि तामाङका दाजु वीरमान तामाङ, महेशकुमार खड्का (बर्मेली राजेश) र राजकुमार दनुवारलाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाइसकेको छ।

 

प्रतिकृया दिनुहोस्

सडक किनारमा वृद्धको शव फेला, सवारी दुर्घटनाको आशंका

विराटनगर, फागुन १५ – मोरङको सुन्दरहरैँचा नगरपालिका–७ ठडिया चोक नजिक पूर्व–पश्चिम राजमार्ग छेउमा एक वृद्ध...

सुनको मूल्य घट्दा चाँदीमा सामान्य वृद्धि

काठमाडौं, फागुन १५ – साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको...

आज २०८२ साल फागुन १३ गतेको राशिफल

आज फागुन १३, २०८२ ( फेब्रुअरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ललितपुरका लागि इसेवामा दुई पदमा रोजगारी खुला

काठमाडौं, फागुन १४ – डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले ललितपुरस्थित आफ्नो कार्यालयका लागि दुई फरक पदमा...

सुनको भाउ ६ सयले बढ्यो, चाँदीमा पनि सामान्य वृद्धि

काठमाडौं, १४ फागुन – स्थानीय बजारमा सुनचाँदीको मूल्यमा बिहीबार वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी...