News Portal

  • शृङ्खलाबद्ध लुटपाट तथा हत्याका मुख्य अभियुक्त बुद्धिमान तामाङ पक्राउ

    शृङ्खलाबद्ध लुटपाट तथा हत्याका मुख्य अभियुक्त बुद्धिमान तामाङ पक्राउ परेका छन्।

    संगीता गुरुङ
    १६६ पटक

    काठमाडौं, १ चैत — विभिन्न आपराधिक गतिविधिमा संलग्न बुद्धिमान तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ का स्थायी बासिन्दा ४८ वर्षीय तामाङलाई १८ फागुनमा ललितपुरबाट पक्राउ गरिएको हो।

    प्रहरी अनुसन्धानका अनुसार तामाङले आफ्ना दाजु वीरमान तामाङ र अन्य सहयोगीहरूका साथ शृङ्खलाबद्ध रूपमा लुटपाट तथा आपराधिक गतिविधि सञ्चालन गर्दै आएका थिए। उनीविरुद्ध हत्या, ठगी, डाँकाचोरी, अभद्र व्यवहार लगायतका आठ वटा फौजदारी मुद्दा दर्ता छन्।

    गुल्मीमा होटल सञ्चालिकाको हत्या

    गुल्मीको मुसिकोट नगरपालिका–७ न्वारामा गंगा होटल सञ्चालिका ५८ वर्षीया गोपालकुमारी शेरचनको हत्या अभियोगमा सीआईबीले तामाङलाई पक्राउ गरेको हो। १५ माघ २०७९ मा टेपले हातखुट्टा बाँधेर निर्ममतापूर्वक हत्या गरिएकी शेरचनसँग भएका करिब १० तोला सुनका गरगहना लुटिएको थियो।

    काभ्रेका विभिन्न स्थानमा लुटपाट

    तामाङको आपराधिक समूहले विशेष गरी काभ्रेपलाञ्चोकलाई केन्द्र बनाई लुटपाट गर्ने गरेको अनुसन्धानबाट खुलेको छ। काभ्रेको धुलिखेल, बनेपा, पनौती लगायतका क्षेत्रमा डकैतीका घटनाहरूमा उनको संलग्नता देखिएको छ।

    २०७९ कात्तिक २७ मा धुलिखेलमा बेली तामाङको घरमा आक्रमण गरी नगद तथा गरगहना लुटिएको थियो। सोही क्रममा घरमा रहेका साना बच्चा र बृद्धालाई समेत त्रास फैलाइएको प्रहरी स्रोतले जनाएको छ। यस्तै, २०८० सालमा भएका तीन वटा डाँकाचोरीमा उनको प्रत्यक्ष संलग्नता रहेको प्रमाण भेटिएको छ। २०८१ साउनमा पनौतीस्थित एक खाजाघरमा ४० हजार रुपैयाँ लुटिएको थियो भने, ४ माघमा बनेपामा डकैती गरिएको थियो।

    पहिले पनि पक्राउ परिसकेका थिए

    बुद्धिमान तामाङ यसअघि पनि विभिन्न आरोपमा पक्राउ परिसकेका छन्। २०६१ सालमा काठमाडौं प्रहरीले डलर ठगीको आरोपमा पक्राउ गरेको थियो। त्यसपछि २०६२ सालमा ललितपुरमा डाँकाचोरी अभियोगमा मुद्दा चलेको थियो। २०७८ सालमा सिन्धुपाल्चोकबाट अभद्र व्यवहारको आरोपमा पुनः पक्राउ परेका थिए।

    हाल सीआईबीले उनलाई गुल्मी पठाउने तयारी गरिरहेको छ। यसअघि तामाङका दाजु वीरमान तामाङ, महेशकुमार खड्का (बर्मेली राजेश) र राजकुमार दनुवारलाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाइसकेको छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ४ गतेको राशिफल

    आज मंसिर ४, २०८२ (नोभेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गल्ति भयो भनेर मात्र पुग्दैन सच्याउन सक्नुपर्छ

    – कमला थापा २०८२ मंसिर ३ गते। ३६ बर्षसम्म सत्ताको राजनिति गर्नेहरुले आज मूलुकमा पुर्याएको...

    सिमरामा एमाले नेताहरूलाई विमानस्थलबाट रोकिँदा ओलीको आपत्ति, पार्टीले प्रतिवाद गर्ने चेतावनी

    काठमाडौं, मंसिर ३ – नेकपा एमालेका अध्यक्ष केपी ओलीले सिमरामा आयोजना हुने कार्यक्रममा आफ्नो पार्टीका...

    भक्तपुरमा स्कुल भ्यानले सामुदायिक कुकुरलाई ठक्कर, एकको मृत्यु

    भक्तपुर, मंसिर ३ – भक्तपुर ठिमीस्थित एमिनिटी इङ्लिस सेकेन्डरी स्कुलको भ्यानले सोमबार बिहान कागेश्वरी मनोहरा...

    केपी ओलीले सरकारसँग दुर्गा प्रसाईँ पक्राउबारे स्पष्ट जवाफ मागे

    काठमाडौं, मंसिर ३ – नेकपा एमाले अध्यक्ष केपी ओलीले दुर्गा प्रसाईँको पक्राउबारे सरकारसँग स्पष्ट जवाफ...