
काठमाडौं, चैत्र १ – नेपाली फिल्म ‘होस्टेल-३’ ले प्रदर्शनको पहिलो हप्तामा राम्रो व्यापार गरेको छ। फिल्मले ४ करोड ३२ लाख रूपैयाँको ग्रस कलेक्सन गरेको निर्माणपक्षले जानकारी दिएको छ।
निर्माण कम्पनी सम्मान इन्टरटेन्मेन्टका निर्देशक सशान कँडेलका अनुसार, वितरकहरूबाट प्राप्त रिपोर्टको आधारमा यो आँकडा सार्वजनिक गरिएको हो। कँडेलले भने, “वितरकद्वारा दिएको रिपोर्ट अनुसार, फिल्मले काठमाडौं उपत्यकामा २ करोड ३० लाख र उपत्यका बाहिर २ करोड २ लाख कलेक्सन गरेको छ।”
‘होस्टेल-३’ को प्रमुख भूमिका निभाउने कलाकारहरूमा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी र समा पराजुली छन्। फिल्मको निर्देशन सशान कँडेलले गरेका हुन् भने निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी छन्।
फिल्म ‘होस्टेल-३’ अहिले प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरिसकेको छ र यसले राम्रो व्यापार गर्न जारी राखेको छ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
