News Portal

राज्यले बिर्सिएको पहाड: चेपाङ बस्तीको कथा !

शिव कुमार पन्त
७५६ पटक
२०८१ चैत्र १ गते

काठमाडौं। काठमाडौंबाट १ सय २६ किलोमिटर मात्रै टाढा, तर विकासका उज्याला किरणहरू अझै नपुगेको एउटा भूगोल। यो कुनै टाढाको कथा होइन, तर राज्यको आँखा नपरेको चेपाङ समुदायको यथार्थ हो। यहाँका बासिन्दाहरू शिक्षाबाट बञ्चित छन्।

विद्यालय टाढा छ, किताब किन्न पैसा छैन, अनि पढ्नुपर्ने समय जंगलमा फलफूल खोज्न बित्छ। शिक्षा पाउनका लागि तिर्नुपर्ने मूल्य यति भारी छ कि कतिपयले “पढ्न पैसा पर्दैन” भन्ने सुन्दा हाँसो होइन, आँसु झार्छन्।

मानिसहरूले चेपाङ भन्नासाथ “जंगली” सम्झन्छन्, “बनैमा बस्छन्” भनेर बुझ्छन्। तर उनीहरूको पनि सपना छन्, उनीहरूलाई पनि भविष्य देख्न मन छ। घरका छानाहरू फुसका भए पनि मनमा चाहनाहरू ठूला छन्। कसैले एउटा बाख्रा पाल्न चाहन्छ, कसैले आफ्ना छोराछोरीलाई स्कूल पठाउन। तर त्यहाँ अभावको भारी यति गह्रौँ छ की सपना पूरा गर्नु परीकथा जस्तै लाग्छ।

यो कथा केवल चेपाङहरूको मात्र होइन। यो हाम्रो शासन व्यवस्थाको कथा हो, जसले कतै ध्यानै दिएन। यो हाम्रो चेतनाको कथा हो, जसले चेपाङलाई हेर्ने दृष्टिकोण नै गलत बनायो। अब प्रश्न उठ्छ— यो कथा कहिले बदलिन्छ ? चेपाङहरू कहिले “जंगली” होइन, मेहनती नागरिकको रूपमा चिनिन्छन्। सपना देख्न पाइन्छ, तर सपनालाई यथार्थ बनाउन हात चाहिन्छ। हात तपाईंको, हाम्रो, सबैको।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...