News Portal

स्वरोजगार लघुवित्तको एफपिओ बाँडफाँट सम्पन्न

स्वरोजगार लघुवित्तको एफपिओ बाँडफाँट आज (शुक्रबार) सम्पन्न भएको छ।

संगीता गुरुङ
२०० पटक

चैत्र १, काठमाडौं – स्वरोजगार लघुवित्तको एफपिओ बाँडफाँट आज (शुक्रबार) सम्पन्न भएको छ। बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा १९,५७७ जना लगानीकर्ताले सेयर प्राप्त गरेका छन्।

बाँडफाँट विवरणअनुसार, १९,५७४ जनाले १० कित्ताका दरले सेयर प्राप्त गर्दा ३ जनाले ११ कित्ताका दरले सेयर पाएका छन्। एफपिओका लागि १७ लाख ८० हजार ४५७ जनाले आवेदन दिएका थिए, तर तीमध्ये २,६६४ आवेदकको आवेदन विभिन्न कारणले रद्द गरिएको थियो।

कम्पनीले फागुन १८ देखि २१ गतेसम्म एफपिओ जारी गरेको थियो, जसमा १७ लाख ७७ हजार ७९३ योग्य आवेदकलाई गोलाप्रथामार्फत सेयर बाँडफाँट गरिएको हो।

बाँडफाँटको नतिजा बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइट, मेरो सेयर एकाउन्ट, कम्पनीको आधिकारिक वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको पोर्टलबाट हेर्न सकिनेछ।

 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...