News Portal

  • स्वरोजगार लघुवित्तको एफपिओ बाँडफाँट सम्पन्न

    स्वरोजगार लघुवित्तको एफपिओ बाँडफाँट आज (शुक्रबार) सम्पन्न भएको छ।

    संगीता गुरुङ
    १३३ पटक

    चैत्र १, काठमाडौं – स्वरोजगार लघुवित्तको एफपिओ बाँडफाँट आज (शुक्रबार) सम्पन्न भएको छ। बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा १९,५७७ जना लगानीकर्ताले सेयर प्राप्त गरेका छन्।

    बाँडफाँट विवरणअनुसार, १९,५७४ जनाले १० कित्ताका दरले सेयर प्राप्त गर्दा ३ जनाले ११ कित्ताका दरले सेयर पाएका छन्। एफपिओका लागि १७ लाख ८० हजार ४५७ जनाले आवेदन दिएका थिए, तर तीमध्ये २,६६४ आवेदकको आवेदन विभिन्न कारणले रद्द गरिएको थियो।

    कम्पनीले फागुन १८ देखि २१ गतेसम्म एफपिओ जारी गरेको थियो, जसमा १७ लाख ७७ हजार ७९३ योग्य आवेदकलाई गोलाप्रथामार्फत सेयर बाँडफाँट गरिएको हो।

    बाँडफाँटको नतिजा बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइट, मेरो सेयर एकाउन्ट, कम्पनीको आधिकारिक वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको पोर्टलबाट हेर्न सकिनेछ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    विद्युत् आयातमा ४३ करोडको अनियमितता, मन्त्री घिसिङ र एमडी सिलवालमाथि प्रश्न

    काठमाडौँ, कार्तिक २५  — नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति नलिई भारतीय कम्पनी पीटीसी...

    पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

    पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा...

    बलिउडका दिग्गज धर्मेन्द्र देओलको निधन, ८९ वर्षको उमेरमा अन्तिम बिदा

    मुम्बई, कार्तिक २५ – बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्र देओलको निधन भएको छ। ८९ वर्षको उमेरमा...

    विदेशी चन्दा होइन, स्वदेशी पूँजीबाट विकास सम्भव : सुवेदी

    काठमाडौं,-१६ वर्षभन्दा बढी समयदेखि विदेशमा रहेर प्रवासी नेपालीहरूको समस्या सम्भावना र सीपमाथि अध्ययन गर्दै आएका...

    २२ दिनदेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध, मोबाइल बैङ्किङ प्रयोगकर्ता समस्यामा

    हिक्मत आचार्य/काठमाडौँ। तीन सातादेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध हुँदा ग्राहक ठुलो मर्कामा परेका...