News Portal

होलीमा उच्छृंखल गतिविधि, काठमाडौंबाट ११ जना पक्राउ

होली खेल्ने क्रममा अनुशासनविपरीत गतिविधि गरेको आरोपमा प्रहरीले काठमाडौंबाट ११ जनालाई पक्राउ गरेको छ।

संगीता गुरुङ
२०१ पटक

काठमाडौं, फागुन २९ – होली खेल्ने क्रममा अनुशासनविपरीत गतिविधि गरेको आरोपमा प्रहरीले काठमाडौंबाट ११ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ९ पुरुष र २ महिला रहेका छन्।

काठमाडौं प्रहरी परिसरका एसपी तथा प्रवक्ता अपिलराज बोहोराका अनुसार पकनाजोलबाट दुई महिला पक्राउ परेका छन् भने न्यूरोड क्षेत्रबाट ३ पुरुषलाई नियन्त्रणमा लिइएको छ। कोटेश्वरबाट ४ र सिंहदरबार पश्चिम गेटबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार उनीहरूको अवस्थाका आधारमा कानुनी कारबाही अघि बढाइने वा छाडिने निर्णय गरिनेछ।

यसका साथै, ट्राफिक नियम उल्लंघन तथा अव्यवस्थित सवारी सञ्चालनका कारण ३९ वटा दुई पांग्रे र १ वटा चार पांग्रे सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दिउँसो २ बजेसम्म संकलित तथ्यांकअनुसार, होली पर्वलाई सुरक्षित बनाउने उद्देश्यले प्रहरीले विभिन्न स्थानमा निगरानी बढाएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...