News Portal

राजधानीमा शान्तिपूर्ण होली: जबरजस्ती रङ दल्ने प्रवृत्ति घट्दै

राजधानी काठमाडौंमा यस वर्षको होली पर्व शान्त र मर्यादित रूपमा सम्पन्न भएको छ।

संगीता गुरुङ
२६१ पटक

फाल्गुन २९, काठमाडौं – राजधानी काठमाडौंमा यस वर्षको होली पर्व शान्त र मर्यादित रूपमा सम्पन्न भएको छ। विगतका वर्षहरूमा जस्तो जबरजस्ती रङ दल्ने, फोहर पानी खन्याउने, वा पैदलयात्रुहरूलाई असहज बनाउने घटना उल्लेखनीय रूपमा कम देखिएको छ।

केही वर्षअघिसम्म होलीका दिन घरबाहिर निस्कनुअघि मानिसहरू डराउँथे, बाल्टीभरि पानी खन्याउने, रसायनयुक्त रङ लगाइदिने जस्ता गतिविधि सामान्य मानिन्थ्यो। तर, पछिल्ला वर्षहरूमा होली पर्व संस्कृतिसँगै अनुशासन र सभ्यताको रूपमा विकसित हुँदै गएको छ।

यस पटक होली मनाउनेहरूले आफूहरूकै समूहभित्र रमाएर पर्व मनाएका छन्। सवारीसाधनमा यात्रा गर्ने वा सडकमा हिँड्नेहरूका लागि असहज परिस्थिति देखिएको छैन। जबरजस्ती रङ लगाउने वा पानी खन्याउने प्रवृत्ति न्यून भएको स्थानीयहरू बताउँछन्।

विगतमा विशेषगरी युवतीहरू होलीअघि नै लोलामा पानी छ्याप्ने प्रवृत्तिका कारण असहज महसुस गर्थे। तर, यसपालि फागु पूर्णिमाको दिन सहज रूपमा आवतजावत गर्न सकिएको धेरैको अनुभव छ। केही स्थानमा अपवादका रूपमा जबरजस्ती रङ लगाइएको भए पनि फोहर पानी वा रसायनिक रङको प्रयोगबाट दुर्व्यवहार भएको देखिएको छैन।

संस्कृति र परम्परालाई कायम राख्दै पारिवारिक तथा सामाजिक रूपमा मनाउनुपर्ने होली पर्वमा काठमाडौं लगायतका पहाडी तथा हिमाली जिल्लाहरूमा सकारात्मक परिवर्तन देखिएको छ। यसपालिको होली सभ्य, शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न भएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...