News Portal

    राजधानीमा शान्तिपूर्ण होली: जबरजस्ती रङ दल्ने प्रवृत्ति घट्दै

    राजधानी काठमाडौंमा यस वर्षको होली पर्व शान्त र मर्यादित रूपमा सम्पन्न भएको छ।

    संगीता गुरुङ
    १२० पटक

    फाल्गुन २९, काठमाडौं – राजधानी काठमाडौंमा यस वर्षको होली पर्व शान्त र मर्यादित रूपमा सम्पन्न भएको छ। विगतका वर्षहरूमा जस्तो जबरजस्ती रङ दल्ने, फोहर पानी खन्याउने, वा पैदलयात्रुहरूलाई असहज बनाउने घटना उल्लेखनीय रूपमा कम देखिएको छ।

    केही वर्षअघिसम्म होलीका दिन घरबाहिर निस्कनुअघि मानिसहरू डराउँथे, बाल्टीभरि पानी खन्याउने, रसायनयुक्त रङ लगाइदिने जस्ता गतिविधि सामान्य मानिन्थ्यो। तर, पछिल्ला वर्षहरूमा होली पर्व संस्कृतिसँगै अनुशासन र सभ्यताको रूपमा विकसित हुँदै गएको छ।

    यस पटक होली मनाउनेहरूले आफूहरूकै समूहभित्र रमाएर पर्व मनाएका छन्। सवारीसाधनमा यात्रा गर्ने वा सडकमा हिँड्नेहरूका लागि असहज परिस्थिति देखिएको छैन। जबरजस्ती रङ लगाउने वा पानी खन्याउने प्रवृत्ति न्यून भएको स्थानीयहरू बताउँछन्।

    विगतमा विशेषगरी युवतीहरू होलीअघि नै लोलामा पानी छ्याप्ने प्रवृत्तिका कारण असहज महसुस गर्थे। तर, यसपालि फागु पूर्णिमाको दिन सहज रूपमा आवतजावत गर्न सकिएको धेरैको अनुभव छ। केही स्थानमा अपवादका रूपमा जबरजस्ती रङ लगाइएको भए पनि फोहर पानी वा रसायनिक रङको प्रयोगबाट दुर्व्यवहार भएको देखिएको छैन।

    संस्कृति र परम्परालाई कायम राख्दै पारिवारिक तथा सामाजिक रूपमा मनाउनुपर्ने होली पर्वमा काठमाडौं लगायतका पहाडी तथा हिमाली जिल्लाहरूमा सकारात्मक परिवर्तन देखिएको छ। यसपालिको होली सभ्य, शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न भएको छ।

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    त्रिभुवन विमानस्थलबाट १ किलो बढी सुन बरामद, भारतीय महिला पक्राउ

    काठमाडौं, असार ४ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि एकपटक सुन तस्करीको प्रयास विफल पारिएको छ।...

    एनसीसी अमेरिकाले एनआरएनए अध्यक्ष श्रेष्ठको स्वागतमा शुक्रबार भव्य कार्यक्रम गर्दै

    अमेरिका, असार ४ – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाले महेश कुमार श्रेष्ठ...

    कर्मचारी कुलिङ पिरियड प्रावधानबारे प्रधानमन्त्री सक्रिय, बालुवाटारमा छलफल तीव्र

    काठमाडौं, असार ४ – संघीय निजामती कर्मचारीको सेवा तथा सुविधा सम्बन्धी विधेयकमा समावेश गरिएको २...

    स्याङ्जामा रास्वपाका नेतामाथि आक्रमण, कांग्रेसका वडाध्यक्ष फरार

    स्याङ्जा, असार ४ – आँधीखोला दोहनविरुद्ध आवाज उठाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दुई नेतामाथि नेकाँबाट...

    आज २०८२ साल असार ४ गतेको राशिफल

    आज असार ४, २०८२ (जुन १८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...