News Portal

बालेन शाहको भारतीय चलचित्र प्रतिबन्धसँग सम्बन्धित रिट सर्वोच्च अदालतमा हेर्न नपाउने

मेयर बालेन शाहविरुद्धको अदालत अवहेलनासम्बन्धी रिट सर्वोच्च अदालतमा हेर्न नपाउने निर्णय भएको छ।

संगीता गुरुङ
२९० पटक

काठमाडौँ, २८ फागु – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्धको अदालत अवहेलनासम्बन्धी रिट सर्वोच्च अदालतमा हेर्न नपाउने निर्णय भएको छ। सर्वोच्च अदालतका न्यायाधीशहरूसमेत हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डे की इजलासले तोकिएको पेसी हेर्न नपाउने निर्णय जारी गरेका हुन्।

मेयर शाहले बलिउड चलचित्र “आदिपुरुष” लगायतका अन्य भारतीय चलचित्रहरू नेपाली हलमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि नेपाल चलचित्र संघले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो। उच्च अदालतले सेन्सर बोर्डद्वारा स्वीकृत चलचित्रहरूलाई रोक्न नगर्नका लागि अन्तरिम आदेश जारी गरेपछि, मेयर शाहले अदालत र सरकारको आलोचना गर्दै भारतको गुलाम भएको टिप्पणी गरेका थिए।

यो विवादको सिलसिलामा अधिवक्ता वर्षाकुमारी झाले २०८० असार ८ गते मेयर शाहविरुद्ध अदालतको अवहेलनामा कारवाहीको माग गर्दै रिट दायर गरेकी थिइन्।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...