News Portal

  • शिवरात्रिमा बागमती नदीमा मेलम्चीको पानी छोडियो

    महाशिवरात्रिको अवसरमा बागमती नदीमा पानीको बहाव बढाउन मेलम्ची खानेपानी आयोजनाबाट पानी छोडिएको छ।

    संगीता गुरुङ
    ११६ पटक

    काठमाडौँ, फागुन १४ – महाशिवरात्रिको अवसरमा बागमती नदीमा पानीको बहाव बढाउन मेलम्ची खानेपानी आयोजनाबाट पानी छोडिएको छ। पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई स्नान गर्न सहज बनाउने र नदीको सौन्दर्य बढाउने उद्देश्यले मेलम्चीको पानी बागमतीमा मिसाइएको हो।

    मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेका अनुसार अहिले बागमती नदीमा प्रतिसेकेण्ड करिब एक हजार लिटर पानी प्रवाह गरिएको छ। उनले आयोजनाको कुल क्षमता १७ करोड लिटर भए पनि हाल प्रतिदिन २३ करोड लिटर खानेपानी ल्याइरहेको जानकारी दिए।

    “हामीले सामान्य अवस्थामा प्रतिसेकेण्ड ६ सय लिटर पानी बगाउने गरेका थियौँ,” लामिछानेले भने, “शिवरात्रिको लागि तीन करोड लिटर पानी बागमतीमा मिसाएका छौँ। मेलम्चीको पानी दैनिक रूपमा पनि नदीमा मिसाउने कार्य भइरहेको छ।”

    उनका अनुसार यो प्रवाह बिहीबार बिहान ८ बजेसम्म जारी रहनेछ। मेलम्ची खानेपानी आयोजना गत वर्ष मनसुनजन्य विपद्का कारण केही समयका लागि बन्द गरिएको थियो। त्यसबेला बागमती सुधार आयोजनाले धाप ड्यामको पानी प्रयोग गरेर काठमाडौँ उपत्यकाका उपभोक्तालाई आवश्यक पानी उपलब्ध गराएको थियो।

    बागमती सुधार आयोजनाका उपआयोजना निर्देशक एवं सूचना अधिकृत उद्धव नेपालले पनि मेलम्चीको पानी सापटी लिइएको बताए। “शिवरात्रि र छठ पर्वजस्ता विशेष अवसरमा बागमती नदीमा ड्यामको पानी प्रवाह गर्ने परम्परा छ। यसपटक परीक्षण बाँकी भएकाले मेलम्ची खानेपानी आयोजनासँग सहकार्य गरेर पानी प्रवाह गरिएको हो,” उनले भने।

    धाप ड्याम वर्षाको पानी संकलन गरी हिउँदमा बागमतीमा प्रवाह गर्ने उद्देश्यले निर्माण गरिएको हो। आयोजनाको योजना अनुसार हिउँदमा प्रतिसेकेण्ड ४०० लिटरका दरले बागमती नदीमा पानी प्रवाह गरिनेछ।

    शिवरात्रिका अवसरमा बागमती नदीमा पानीको बहाव बढ्दा पशुपति क्षेत्रमा स्नान गर्न सहज भएको छ। भक्तजन र स्थानीयवासीले बागमतीको पानी सफा देखिएको भन्दै खुसी व्यक्त गरेका छन्। आयोजकहरूले आगामी दिनमा पनि नदीमा नियमित पानी प्रवाह गर्ने योजना बनाएको बताएका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    गायिका एलिना चौहानमाथि अश्लील टिप्पणी गर्ने पक्राउ

    काठमाडौं, असार १९ –  लोकप्रिय गायिका एलिना चौहानमाथि सामाजिक सञ्जालमा अभद्र भाषा प्रयोग गरी गालीगलौज...

    स्रोत नखुलेको नगदसहित गौरमा पूर्व अनुसन्धानकर्मी पक्राउ

    रौतहट, असार १९ — रौतहटको गौर भन्सार नाकाबाट स्रोत नखुलेको ठूलो रकमसहित एक जना पूर्व...

    सफलताको शिखर चढ्दै मातृका लम्साल

    युएई, असार १९ — आजभन्दा १५ वर्षअघि क्लिनरको काम गर्न युएई पुगेका झापाका मातृका लम्साल...

    झापामा किशोरमाथिको कुटपिटले लियो दुईको ज्यान : दोषीमाथि कडा कारबाहीको माग

    झापा, असार १९ – झापाको शिवसताक्षी नगरपालिका–९ मा केही दिनअघि भएको एक कुटपिट घटनाले दुई...

    आज २०८२ साल असार १९ गतेको राशिफल

    आज असार १९, २०८२ (जुलाई ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...