News Portal

प्रधानमन्त्री ओली जन्मदिनमा ‘केपी ओली कप’ फुटबल प्रतियोगिता हेर्न सातदोबाटो जाँदै

प्रधानमन्त्री ओली जन्मदिनमा सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा आयोजना हुने ‘केपी ओली कप फुटबल प्रतियोगिता’ हेर्न जाने भएका छन्।

संगीता गुरुङ
३८० पटक

फाल्गुन ११, काठमाडौं – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (आइतबार) सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा आयोजना हुने ‘केपी ओली कप फुटबल प्रतियोगिता’ हेर्न जाने भएका छन्।

संयोगवश, आज ओलीको जन्मदिन पनि हो। हरेक वर्ष समर्थकहरू तथा पार्टीका कार्यकर्ताले उनको जन्मदिन विशेष कार्यक्रमसहित मनाउने गरे पनि यस पटक भने कुनै औपचारिक कार्यक्रम नराखिएको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। ओलीले जन्मदिनको अवसरमा फुटबल खेल अवलोकन गर्ने योजना बनाएको उल्लेख गर्दै खेलप्रेमीहरूलाई पनि सो अवसरमा उपस्थित हुन आग्रह गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आज जन्मदिन हो, तर कुनै विशेष कार्यक्रम आयोजना गरिएको छैन। दिउँसो २ बजे सातदोबाटोको एन्फा कम्प्लेक्समा हुने फुटबल प्रतियोगिता हेर्न जाँदै छु। त्यहीँ भेटौँला, शुभकामना आदानप्रदान पनि त्यहीँ गरौँला।’

 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...