News Portal

  • प्रधानमन्त्री ओली जन्मदिनमा ‘केपी ओली कप’ फुटबल प्रतियोगिता हेर्न सातदोबाटो जाँदै

    प्रधानमन्त्री ओली जन्मदिनमा सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा आयोजना हुने ‘केपी ओली कप फुटबल प्रतियोगिता’ हेर्न जाने भएका छन्।

    संगीता गुरुङ
    १८२ पटक

    फाल्गुन ११, काठमाडौं – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (आइतबार) सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा आयोजना हुने ‘केपी ओली कप फुटबल प्रतियोगिता’ हेर्न जाने भएका छन्।

    संयोगवश, आज ओलीको जन्मदिन पनि हो। हरेक वर्ष समर्थकहरू तथा पार्टीका कार्यकर्ताले उनको जन्मदिन विशेष कार्यक्रमसहित मनाउने गरे पनि यस पटक भने कुनै औपचारिक कार्यक्रम नराखिएको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। ओलीले जन्मदिनको अवसरमा फुटबल खेल अवलोकन गर्ने योजना बनाएको उल्लेख गर्दै खेलप्रेमीहरूलाई पनि सो अवसरमा उपस्थित हुन आग्रह गरेका छन्।

    उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आज जन्मदिन हो, तर कुनै विशेष कार्यक्रम आयोजना गरिएको छैन। दिउँसो २ बजे सातदोबाटोको एन्फा कम्प्लेक्समा हुने फुटबल प्रतियोगिता हेर्न जाँदै छु। त्यहीँ भेटौँला, शुभकामना आदानप्रदान पनि त्यहीँ गरौँला।’

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ३० गतेको राशिफल

    आज भदौ ३०, २०८२ (सेप्टेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    नख्खु जेलबाट फरार विदेशी कैदी पक्राउ

    जनकपुरधाम, भदौ २९ – नख्खु कारागारबाट भागेका चार जना विदेशी कैदीबन्दीलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ।...

    ब्याण्डेज हातले अर्काे कुटे, रिपोर्टर्स क्लबमा आफैं मार खाए

    काठमाडौं, भदौ २९ – जेनजी आन्दोलनका सहिद परिवारसँगै संस्थापक सुधन गुरुङले आयोजना गरेको पत्रकार सम्मेलन...

    सुधन गुरुङको खुलासा : “सचिवलाई थर्काएँ, राष्ट्रपति निवासको पानी समेत पिएन”

    काठमाडौं, भदौ २९ – जेनजी आन्दोलनका अभियन्ता सुधन गुरुङले शीतल निवासमा भएको आफ्नो अनुभव सार्वजनिक...

    मकवानपुरमा दुई महिनाकी सुत्केरीमाथि बलात्कार, श्रीमान बाँधिएको अवस्थामा घटना

    मकवानपुर, भदौ २९ – मकवानपुरको राक्सिराङ गाउँपालिका-१ इन्द्रुङमा दुई महिनाअघि सुत्केरी भएकी २४ वर्षीया महिलामाथि...