News Portal

प्रधानमन्त्री ओलीविरुद्ध अदालत अवहेलनाको मुद्दामा आज सुनुवाइ

गिरीबन्धु टी स्टेट्स सम्बन्धी अदालतको आदेश कार्यान्वयन नगरेको आरोपमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता भएको अदालत अवहेलना सम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

संगीता गुरुङ
२२५ पटक

काठमाडौं, ४ फागुन – गिरीबन्धु टी स्टेट्स सम्बन्धी अदालतको आदेश कार्यान्वयन नगरेको आरोपमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता भएको अदालत अवहेलना सम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

अधिवक्ता ओमप्रकाश अर्यालले अदालतको आदेश अवज्ञा गरेको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। उनका अनुसार संवैधानिक इजलासले गिरीबन्धु टी स्टेट्सको विषयमा दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा अवरोध गरिएको छ।

२०७८ माघ २४ मा सर्वोच्च अदालतको संवैधानिक इजलासले गिरीबन्धु टी स्टेट्स सम्बन्धी मुद्दामा तीनवटा महत्वपूर्ण आदेश जारी गरेको थियो। पहिलो, हदबन्दी छुटमा दिइएको जग्गाको वास्तविक उपयोगको अवस्था पत्ता लगाउन; दोस्रो, प्रयोगमा नआएको वा अन्य प्रयोजनमा उपयोग भएको जग्गा सरकारको नाममा ल्याउन; र तेस्रो, चिया उद्योगको नाममा उपयोग नभएको तथा हदबन्दी भन्दा बढी देखिएको जग्गा सरकारको नाममा ल्याउन निर्देशन दिइएको थियो।

फैसलाको पूर्णपाठ २०८१ असार ५ मा महान्यायाधीवक्ता कार्यालयमा र त्यसको चार दिनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दर्ता भएको थियो। सो समयमा पुष्पकमल दाहाल प्रधानमन्त्री रहेका थिए भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय बलराम अधिकारीको जिम्मेवारीमा थियो।

२०७८ असार ३१ पछि केपी शर्मा ओली प्रधानमन्त्री बनेका हुन्। अधिवक्ता अर्यालले कम्तिमा सात महिनादेखि अदालतको आदेश कार्यान्वयनमा अवरोध भएको आरोप लगाउँदै अदालतको अवहेलनामा कारबाहीको माग गरेका छन्।

सर्वोच्च अदालतले आजको सुनुवाइमा आदेश अवज्ञाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...