News Portal

मन्त्रालयका कामकारवाही प्रभावकारी बनाउन गृहमन्त्री थापाको निर्देशन

हिमाली संचार संवाददाता
५२९ पटक

काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा‘बादल’ले गृह मन्त्रालय अन्तर्गत निकायका कामकारवाही थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

बिहीबार गृहमन्त्रालयमा आयोजित मन्त्रालयको आर्थिक वर्ष २०७५/७६को प्रथम चौमासिक समिक्षा बैठकमा गृहमन्त्री थापाले मन्त्रालयका कामकारवाही सन्तोषजनक रहेपनि यसलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।

‘तपाईंहरुलाई दिईएको जिम्मेवारी ईमान्दारितापूर्वक, सक्रियतापूर्वक र सृजनशिल ढङ्गले निर्वाह गर्नुहोस् । कुनै समस्या आए मन्त्रालय तपाईंहरुको साथमा छ,’ गृहमन्त्रीले निर्देशन दिँदै भनेका छन् ।  गृहमन्त्रालयले ८२ बुँदे सुधार कार्ययोजना बनाएको र सोही अनुरुप काम अघि बढिरहेको गृहमन्त्रीको भनाई छ ।

गृहमन्त्री थापाले भने, ‘समिक्षाबाट निस्किएको सबलता र कमजोरी आधारमा आफ्ना कामकारवाहीलाई थप परिस्कृत बनाउँदै लैजानुहोस् ।’

कार्यक्रममा गृहसचिव पे्रमकुमार राईले ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना साकार बनाउन गृहमन्त्रालयको महत्वपूर्ण भूमिका हुने भएकोले सोही अनुरुप काम गर्न मातहतका निकायहरुलाई निर्देशन दिए ।

उनले मन्त्रालयका कामकारवाही सहि बाटोमा रहेपनि अझ प्रभावकारी बनाउन आवश्यक रहेकोमा जोड दिए ।    कार्यक्रममा गृह अन्तर्गतका निकायहरुले हालसम्म गरेका कामकारवाहीको बुँदागत रुपमा विवरण प्रस्तुत गर्दै त्यसमाथि सामूहिक छलफल गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...