News Portal

३२ वर्षे उमेर हदबारे मतगणना विवादित, परिणाम सार्वजनिक स्थगित

मत परिणामलाई लिएर जारी विवाद समाधान गर्न निर्वाचन आयोग अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग छलफलमा छ।

संगीता गुरुङ
३०० पटक

नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मा ३२ वर्षे उमेर हदबारे विवाद बढ्दै गएको छ। शनिबार सम्पन्न निर्वाचनमा उमेर हदको पक्षमा ९१७ र विपक्षमा ८८४ मत आएको भए पनि उजुरीका कारण मत परिणाम सार्वजनिक हुन सकेको छैन।

विभिन्न जिल्लाबाट निर्वाचन धाँधलीको आरोपसहित उजुरी परेपछि निर्वाचन आयोगले मत परिणाम रोक्दै पुनः गणना गर्नुपर्ने बताएको छ। निवर्तमान उपाध्यक्ष मदन भुलले उजुरीका कारण परिणाम स्थगित भएको र पार्टी नेतृत्वसँग छलफल भइरहेको जानकारी दिए।

उमेर हद खुल्ला गर्नुपर्ने पक्षले बैतडी, बाजुरा, गुल्मी, मोरङ लगायतका जिल्लाबाट उजुरी दिएका छन्, भने हद लगाउने पक्षले पनि अछाम र दाङमा पुनः मतदानको माग गरेका छन्।

निर्वाचन समितिले शनिबार राति कागजात प्राप्त नभएसम्म मत परिणाम सार्वजनिक नहुने सूचना जारी गरेको थियो। कुल २,४०५ प्रतिनिधिमध्ये १,८०१ जनाले मतदान गरेका थिए। मत परिणामलाई लिएर जारी विवाद समाधान गर्न निर्वाचन आयोग अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफलमा छ।

प्रतिकृया दिनुहोस्

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...