News Portal

राष्ट्रपतिको पुरानो भनाइ भाइरल: केपी ओलीको जेल बसाइको कारणबारे विवाद

प्रधानमन्त्री केपी शर्मा ओलीको जेल बसाइका कारणबारे राष्ट्रपति रामचन्द्र पौडेलको चार वर्ष पुरानो अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

संगीता गुरुङ
३९९ पटक

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको जेल बसाइका कारणबारे राष्ट्रपति रामचन्द्र पौडेलको चार वर्ष पुरानो अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

भिडियोमा पौडेलले ओली लोकतन्त्रका लागि नभई ज्यान मुद्दामा १४ वर्ष जेल बसेको दाबी गरेका छन्। उक्त भिडियो २०७७ सालमा तनहुँको बुल्दीखोला पुल उद्घाटनका क्रममा दिएको अभिव्यक्ति हो।

त्यतिबेला कांग्रेस नेता रहेका पौडेलले झापा काण्डलाई ओलीको लोकतान्त्रिक योगदानसँग नजोड्नुपर्ने बताउँदै ओलीको राष्ट्रवाद र लोकतन्त्रप्रतिको प्रतिबद्धता माथि प्रश्न उठाएका थिए।

यसैबीच, रवि लामिछानेलाई सहकारी प्रकरणमा फसाएको आरोपमा ओलीको आलोचना भइरहेका बेला यो विषय पुनः चर्चामा आएको हो।

प्रतिकृया दिनुहोस्

सिर्जना पौडेल हत्या प्रकरण : कारागारमै बसेर बनेको योजना, ५ जना पक्राउ

कास्की, वैशाख ३ – पोखरामा २५ चैत साँझ सभागृह चोक नजिक खुँडा प्रहार गरी ४२...

रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री, सांसद तथा उनीहरूका स्वकीय कर्मचारीका लागि...

रास्वपा संसदीय दलको बैठक सुरु, सभापति उम्मेदवार चयनमा छलफल

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको...

अस्पतालका निःशुल्क बेड अब अनलाइनमार्फत हेर्न मिल्ने

काठमाडौं, वैशाख ३ – सरकारले देशभरका अस्पतालमा विपन्न र असहाय बिरामीका लागि छुट्याइएको १० प्रतिशत...

आज २०८३ साल वैशाख ३ गतेको राशिफल

आज वैशाख ३, २०८३ ( अप्रिल १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...