News Portal

कुख्यात भ्रष्टाचारीको नाम सार्वजनिक गर्दै प्रभु साह

हिमालीसंचार संवाददाता
३०३ पटक

काठमाडौं। प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले कुख्यात भ्रष्टाचारीहरुको नामावली संकलन एवं सार्वजनिक गर्ने निणर्य गरेको छ।

भ्रष्टाचारविरुद्ध संघर्ष गर्दै आएको आजपाले भ्रष्टाचारीहरुको नामावली संकलन गर्दै सार्वजनिक गर्ने निष्कर्षमा पुगेको हो।

आजपको काठमाडौं उपत्यका विशेष कमिटीको आज काठमाडौंमा बसेको बैठकले यस्तो निणर्य गरेको हो। भ्रष्टाचार बिरुद्धको आन्दोलनमा आजपाले विभिन्न कार्यक्रम गर्दै आएको छ।

हालै आजपाले भ्रष्टाचार एवं सरकारको मनोमानी कर आतंकविरुद्ध काठमाडौंमा र भ्रष्टाचारविरुद्ध मधेश यात्रा कार्यक्रम सम्पन्न गरेको छ।

यस्तै, बैठकले भगौडा वर्गको सम्पती पहिचान गरी राज्यलाई बुझाउने, दलाल दलतन्त्र बिरुद्धको तेस्रो जनआन्दोलनको तयारी गर्नका लागि संघर्षका कार्यक्रम गर्ने, तीनै तहको सरकारको कर आतंकविरुद्ध संघर्षका कार्यक्रम गर्ने, कर आतंक बिरुद्ध अन्तरक्रिया कार्यक्रम गर्ने, पार्टीको संगठन बिस्तार गर्दै गाउँ गाउँ र टोलटोलसम्म पुर्याउँने निणर्य बैठकले गरेको आजपा उपमहासचिव एवं प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन्।

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...