News Portal

ओली सरकार सडकबाट ढल्ने अमरेशको दाबी

हिमालीसंचार संवाददाता
२७३ पटक

काठमाडौं। प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कांग्रेस–एमालेसहितको गठबन्धन सरकार लामो अवधि नटिक्ने दाबी गरेका छन्।

प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई जनताले सडकबाट ढाल्ने दाबी गरेका हुन्।

उनले जनतामा अहिले चमर निराशा रहेको र त्यो निराशालाई चिर्ने काम प्रधानमन्त्री ओली नेतृत्वको सरकारले गर्न नसकेको बताए।

यही फागुन महिनादेखि प्रधानमन्त्री ओली नेतृत्वको सरकारविरुद्ध जनताहरु सडकमा आउने उनको दाबी छ।

विगतमा राजा ज्ञानेन्द्र, कीर्तिनिधि विष्ट र डा. तुलसी गिरी उपाध्यक्ष भएको सरकार सडकबाटै ढलेझैं ओली नेतृत्वको सरकार पनि ढल्ने उनले बताए।

गठबन्धन लामो जाँदैन। फागुनदेखि सडकबाट सरकार जान्छ। संसद्बाट जाँदैन। शेख हसिनाको सरकार संसद्बाट गएको होईन नि। ज्ञानेन्द्रको सरकार, कीर्तिनिधि विष्ट र डा. तुलसी गिरी उपाध्यक्ष भएको सरकार सडकबाट ढलेको हो नि।

०४६ सालको राजाको सरकार ढलेको होईन। केपी शर्मा ओली नेतृत्वको सरकार सडकबाटै ढल्छ। सडकमा जनता आउँछन्, आउँछन्। यो मैले गाउँगाउँमा देखेको छु कि जनतामा चरम निराशा छ। उहाँले निराशा बढाउने काम गरिरहनु भएको छ,– उनले भने।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई मृत्युदण्डको सजाय

कुवेत– फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई १४ किलोग्राम हेरोइन र ८ किलोग्राम शाबुसहित पक्राउ...

गैरीगाउँस्थित काठ गोदाममा आगलागी

काठमाडौं, २२ पुस – काठमाडौंको गैरीगाउँ क्षेत्रमा मंगलबार एक काठको गोदाममा आगो लागेको छ। आगो...

रास्वपा सचिवालय बैठक काठमाडौंमा जारी

काठमाडौं, २२ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालयमा सुरु...

ईश्वर पोखरेलबाट जिम्मेवारी फिर्ता, नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्व विष्णु रिमाललाई

काठमाडौं, २२ पुष – नेकपा एमालेले नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्वमा फेरबदल गरेको छ। च्यासलमा...