News Portal

ओली सरकार सडकबाट ढल्ने अमरेशको दाबी

हिमालीसंचार संवाददाता
३१८ पटक

काठमाडौं। प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कांग्रेस–एमालेसहितको गठबन्धन सरकार लामो अवधि नटिक्ने दाबी गरेका छन्।

प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई जनताले सडकबाट ढाल्ने दाबी गरेका हुन्।

उनले जनतामा अहिले चमर निराशा रहेको र त्यो निराशालाई चिर्ने काम प्रधानमन्त्री ओली नेतृत्वको सरकारले गर्न नसकेको बताए।

यही फागुन महिनादेखि प्रधानमन्त्री ओली नेतृत्वको सरकारविरुद्ध जनताहरु सडकमा आउने उनको दाबी छ।

विगतमा राजा ज्ञानेन्द्र, कीर्तिनिधि विष्ट र डा. तुलसी गिरी उपाध्यक्ष भएको सरकार सडकबाटै ढलेझैं ओली नेतृत्वको सरकार पनि ढल्ने उनले बताए।

गठबन्धन लामो जाँदैन। फागुनदेखि सडकबाट सरकार जान्छ। संसद्बाट जाँदैन। शेख हसिनाको सरकार संसद्बाट गएको होईन नि। ज्ञानेन्द्रको सरकार, कीर्तिनिधि विष्ट र डा. तुलसी गिरी उपाध्यक्ष भएको सरकार सडकबाट ढलेको हो नि।

०४६ सालको राजाको सरकार ढलेको होईन। केपी शर्मा ओली नेतृत्वको सरकार सडकबाटै ढल्छ। सडकमा जनता आउँछन्, आउँछन्। यो मैले गाउँगाउँमा देखेको छु कि जनतामा चरम निराशा छ। उहाँले निराशा बढाउने काम गरिरहनु भएको छ,– उनले भने।

प्रतिकृया दिनुहोस्

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...