News Portal

देउती यातायातले दियो यात्रुलाई ‘माइलेज कार्ड’

हिमाली संचार संवाददाता
६४२ पटक

सुर्खेत : देउती नागरिक यातायात प्रा.लि.ले सुर्खेतबाट काठमाडौं जाने यात्रुहरुका लागि माइलेज कार्ड दिएको छ । नयाँ १८ मोडलका ६ ओटा आरामदायी र लचकदार एयर बसहरुबाट काठमाडौं सेवा शुरु गरेसँगै यात्रुहरुलाई माइलेज कार्ड दिएको हो ।

प्रा.लि.ले बिहिबार काठमाडौंका लागि तीन ओटा रात्रीकालिन बसहरु छुटाएको छ । हाइस सेवा दिँदै आएको प्रा.लि.ले पहिलो पटक काठमाडौं रुटका लागि बसहरु सञ्चालनमा ल्याएको छ । काठमाडौं सेवा शुरुसंगै यात्रुहरुलाई माइलेज कार्ड दिएका छौं’ प्रा.लि.का सचिव रमेश खड्काले भने ‘प्रा.लि.का जुनसुकै बसहरुमा पनि यात्रुहरुले यात्रा गर्नु अघि काउन्टरमा माईलेज कार्ड देखाए दश प्रतिशतसम्म भाडामा छुट पाउनेछन् ।’

यात्रुहरुको माग अनुसार नयाँ गाडीहरु भित्र्याएको बताएका सचिव खड्काले यात्रुहरुलाई नै छुटसहित अफर ल्याएको उल्लेख गरे । अन्य बसहरुको तुलनामा यात्रुहरुलाई यात्रामा आरामदायी होस् भन्ने हेतुले लचकदार एयर बस ल्याएको देउती नागरिक यातायात प्रा.लिका अध्यक्ष कमल खड्काले जानकारी दिए । उनले बसमा हिटर, एसी, फ्रि वाईफाई र लक्जरी सिटरहरुको सुविधा रहेको बताए । सुर्खेत बसपार्कबाट दैनिक साँझ ४ र पौने पाँच बजे बसहरु छुटाउने प्रा.लि.ले जनाएको छ ।

काठमाडौंबाट सुर्खेत आउने यात्रुहरुले तत्कालका लागि सुन्धारा र कलंकीबाट टिकट लिन सक्ने पनि प्रा.लि.को भनाई छ । आगमी मंसिर १ गतेबाट काठमाडौं बसपार्कमै काउन्टर स्थापना गरेर यात्रुहरुलाई सेवा दिइने प्रा.लि.का अध्यक्ष खड्काले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...