News Portal

  • मकाउमा स्वर्गिय सन्जिब राईको सम्झनामा श्रद्धाञ्जली सभाकाे आयोजना

    हिमालीसंचार संवाददाता
    ७०८ पटक

    मकाउ। किरात यायोक्खा मकाउले सोमबार आफ्नो संस्थाको पुर्व महासचिब स्वर्गिय सन्जिब कुमार कोयी राईको सम्झनामा श्रद्धाञ्जली सभाकाे आयोजना गरेको छ।

    किरात आयोक्खा मकाउ, नेपाल आदिवासी जनजाती माहासंघ, एनआरएनए मकाउ, किरात याक्थुम चुम्लुङ, सेर्पा समाज समाज मकाउ, तमोर गुरुङ समाज मकाउ, मगर संघ मकाउ, तामाङ घेदुङ समाज मकाउ, नेवा गूठी मकाउ, ग्लोवल एनआरएनए मकाउ, नेपाली समाज मकाउ लगायतको संस्थाहरूबाट उपस्थिति रहेको थियो।

    किरात यायोक्खाले श्रद्धाञ्जली सभा आयोजना गरी सम्मान व्यक्त गरेकोमा स्वर्गिय राईको आफन्ती उमेश चामलिङ राई सहित उनको पारिवारिक सदस्यले उपस्थित जनाउनुहुने संघसंस्थाहरु, सम्पूर्ण मकाउबासी नेपालीहरुमा आभार तथा धन्यवाद व्यक्त गरेका थिए।

    राईकाे गत हप्ता १५ असोजमा काठमाडाैँमा निधन भएको थियो। उनी विगत तीन वर्षदेखि क्यान्सर रोगसँग लडिरहेका थिए। पारिवारिक श्रोतका अनुसार उनको शव खोटाङकाे केपिलासगढी गाउँपालिका वडा नम्बर ७ सुङ्देलमा अन्तिम दाहंस्कारका लागि पुर्याईएको थियो।

    राई हिमालीसंचार डटकमकाे प्रधान सम्पादक र नेपाल पत्रकार महासंघ सुनसरी शाखाको सदस्य समेत थिए।

    हिमालीसंचार डटकमका प्रधानसम्पादक राईकाे निधन

    प्रधानसम्पादक राईलाई सदाका लागि गुमायौँ – हिमालीसंचार

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार २१ गतेको राशिफल

    आज असार २१, २०८२ (जुलाई ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एसपीलाई फोनमा धम्की दिएको अभियोगमा जसपा नेता यादवमाथि पक्राउ आदेश

    काठमाडौं, असार २० – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरी...

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री...

    धरान श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार भएको आरोप, एक पक्राउ – घटना लुकाएको भन्दै स्थानीयले उठाए प्रश्न

    धरान, असार २०  — धरान–१६ मा श्रमदान अभियानकै बीच १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको...