News Portal

रास्वपाजनलाई रविको अपीलः ममाथि सरकारले अन्याय गर्नसक्छ, अलर्ट रहनुस्

हिमालीसंचार संवाददाता
३५८ पटक

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले आफूमाथि अन्याय गर्नसक्ने भन्दै रास्वपाजनलाई अलर्ट रहन आग्रह गरेका छन्।

सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको भनी सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छाविन विशेष समितिको प्रतिवेदनले प्रष्ट भनेको अवस्थामा सरकारले संगठित अपराधमा फसाउने कोशिस गरिरहेको उनले आशंका व्यक्त गरे।

नेता लामिछानेले दशैं, तिहार, छठ केही पनि नभनी अन्याय भएको खण्डमा न्यायको पक्षमा उभिन आग्रह गरे।

‘प्रहरीले, महान्यायाधिवक्ताले, प्रधानमन्त्रीले, पूर्व प्रधानमन्त्रीले, सबैले स्पष्ट र लेखेर भनिसकेपछि त्यहाँ चलखेल, संगठितमा राखियो भने भोलि राजनीति नै गर्न नपाउने बनाउन सकिन्छ कि भन्ने ढंगले छड्के आँखा, त्यो ढंगले गलत क्रियाकलाप, त्यस्तो किसिमको षड्यन्त्र गर्न खोजिएको खण्डमा म साथीहरुलाई अलर्ट रहन अपील गर्न चाहन्छु। देशैभरीका, अन्याय गरेछन् भने। हिजो पनि अन्यायका विरुद्धमा सघाउनु भएको हो। आज पनि अन्याय गर्यो सरकारले भने दशैं, तिहार, छठ जेसुकै हुन्छ, अन्यायका विरुद्धमा आउनुहोला,’– सामाजिक सञ्जालमार्फत लाइभ बसेका लामिछानेले भने।

साथै, कानुनी प्रक्रियालाई सहयोग गर्न आफू तयार रहेको पनि उनले बताए। संसदीय छानविन विशेष समितिले सहकारी ठगीमा संलग्नता नरहेको र गोर्खा मिडियामा गएको पैसा परिचालनबारे प्रचलित कानुन बमोजिम कारबाहीको सिफारिस गरेमा आफूले जिम्मेवारी लिने पनि उनले बताए। कसैको राजनीति जोगाउन आफूलाई सिध्याउने खेल भइरहेको पनि उनले बताए।

‘कानुनी प्रक्रियामा मेरो पूर्ण साथ र समर्थन रहन्छ। कानुनलाई कहाँ सघाउनुपर्छ, मैले बयान दिनुपर्छ कि, म पोखरा जानुपर्छ कि ? कहाँ जानुपर्छ ? म तयार छु। म थुनिनुपर्छ कि ? म तयार छु। तर, सही मुद्दामा षड्यन्त्र गरेर होईन। झुक्काएर, छकाएर, छलेर होईन,’– उनले भने।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...