News Portal

प्रसाईं पक्राउपछि काँग्रेस सांसद भन्छन्- लोकतन्त्रको घाँटी निमोठियो

हिमालीसंचार संवाददाता
३०८ पटक

काठमाण्डौ। नेपाली काँग्रेसका सांसद डा.सुनिलकुमार शर्माले राजावादी अभियन्ता तथा विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्नुपर्ने बताएका छन्।

प्रसाईंलाई पक्राउ गरेर राज्यले लोकतन्त्रको घाँटी निमोठेको उनको निश्कर्ष छ। सामाजिक सञ्जालमा भिडियोसहित स्ट्याट्स पोष्ट गर्दै उनले आफ्नाविरुद्ध बोल्ने अभियन्ताको आवाज बन्द गराउन सरकारले प्रसाईंलाई गिरफ्तार गरेको आरोप लगाएका छन्।

लोकतन्त्रमा स्वतन्त्र अभिव्यक्ति दिने हरेक नेपाली नागरिकको अधिकार भएको उल्लेख गर्दै उनले सरकारले प्रसाईंलाई समातेर अपराध गरेको बताएका छन्।

‘सरकारले जनतालाई डेलिभरी दिने, समयसापेक्ष जनताको पक्षमा काम गर्ने जिम्मेवारी बिर्सेर सरकारका गलत कामका विरुद्ध बोल्ने, सरकारलाई खबरदारी गर्ने अभियन्ताको बोली बन्द गराउने गलत नियतले दुर्गा प्रसाईंजीलाई गिरफ्तार गरिनु राज्य आतंक हो।

लोकतन्त्रमा स्वतन्त्र अभिव्यक्ति दिने हरेक नेपाली नागरिकको अधिकार हो’,उनले लेखेका छन्,‘सरकारलाई हेक्का रहोस्, दैनिक विदेशिन परेका हजारौं युवाको विवशता, कर्णालीमा तुइनबाट खसेर मृत्युवरण हुनुपरेको विद्यमान परिस्थिति र स्वदेशमा मेडिकल, नर्सिङ पढ्न नपाएर अर्बौं रकम विदेशिनपरेको वर्तमान परिस्थितिबारे सरकार अन्धो छ। तर, गरिब र निमुखाहरुको आवाज बोक्ने अभियन्ता दुर्गा प्रसाईंलाई गिरफ्तार गर्नतर्फ सरकारको ध्यान छ। योभन्दा ठूलो राज्य अपराधीकरण के हुन्छ ?’

नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले आईतबार प्रसाईंलाई भक्तपुरको कमेरोटारस्थित उनको निवासबाट पक्राउ गरेको छ।

साइबर अपराधमा पक्राउ परेका प्रसाईंलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको थियो, ३ दिनको म्याद थप भएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २४ गतेको राशिफल

आज पुष २४, २०८२ (जनवरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अमेरिकाले नेपाली नागरिकका लागि भिसा आवेदनमा धरौटी अनिवार्य बनायो

काठमाडौँ, २३ पुष – अमेरिकी विदेश मन्त्रालयले नेपाली नागरिकले पर्यटक वा व्यावसायिक (बी–१/बी–२) भिसा आवेदन...

कुलमान घिसिङ काठमाडौँ–३ बाट प्रतिनिधिसभा चुनावमा उठ्ने तयारीमा

काठमाडौं, २३ पुष – ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका नागरिक...

ज्ञानेन्द्र शाही रास्वपामा प्रवेशको तयारीमा, बालेनसँगको भेटपछि असन्तोष

काठमाडौं, २३ पुष – राप्रपा प्रवक्ता एवं पूर्वसांसद ज्ञानेन्द्र शाही रास्वपाका नेताहरूसँग लगातार भेटघाट गर्दै...

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...