News Portal

प्रसाईं पक्राउपछि काँग्रेस सांसद भन्छन्- लोकतन्त्रको घाँटी निमोठियो

हिमालीसंचार संवाददाता
३३६ पटक

काठमाण्डौ। नेपाली काँग्रेसका सांसद डा.सुनिलकुमार शर्माले राजावादी अभियन्ता तथा विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्नुपर्ने बताएका छन्।

प्रसाईंलाई पक्राउ गरेर राज्यले लोकतन्त्रको घाँटी निमोठेको उनको निश्कर्ष छ। सामाजिक सञ्जालमा भिडियोसहित स्ट्याट्स पोष्ट गर्दै उनले आफ्नाविरुद्ध बोल्ने अभियन्ताको आवाज बन्द गराउन सरकारले प्रसाईंलाई गिरफ्तार गरेको आरोप लगाएका छन्।

लोकतन्त्रमा स्वतन्त्र अभिव्यक्ति दिने हरेक नेपाली नागरिकको अधिकार भएको उल्लेख गर्दै उनले सरकारले प्रसाईंलाई समातेर अपराध गरेको बताएका छन्।

‘सरकारले जनतालाई डेलिभरी दिने, समयसापेक्ष जनताको पक्षमा काम गर्ने जिम्मेवारी बिर्सेर सरकारका गलत कामका विरुद्ध बोल्ने, सरकारलाई खबरदारी गर्ने अभियन्ताको बोली बन्द गराउने गलत नियतले दुर्गा प्रसाईंजीलाई गिरफ्तार गरिनु राज्य आतंक हो।

लोकतन्त्रमा स्वतन्त्र अभिव्यक्ति दिने हरेक नेपाली नागरिकको अधिकार हो’,उनले लेखेका छन्,‘सरकारलाई हेक्का रहोस्, दैनिक विदेशिन परेका हजारौं युवाको विवशता, कर्णालीमा तुइनबाट खसेर मृत्युवरण हुनुपरेको विद्यमान परिस्थिति र स्वदेशमा मेडिकल, नर्सिङ पढ्न नपाएर अर्बौं रकम विदेशिनपरेको वर्तमान परिस्थितिबारे सरकार अन्धो छ। तर, गरिब र निमुखाहरुको आवाज बोक्ने अभियन्ता दुर्गा प्रसाईंलाई गिरफ्तार गर्नतर्फ सरकारको ध्यान छ। योभन्दा ठूलो राज्य अपराधीकरण के हुन्छ ?’

नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले आईतबार प्रसाईंलाई भक्तपुरको कमेरोटारस्थित उनको निवासबाट पक्राउ गरेको छ।

साइबर अपराधमा पक्राउ परेका प्रसाईंलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको थियो, ३ दिनको म्याद थप भएको छ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...