News Portal

ठकुरी सहयोग संजाल बाकेद्वारा प्रतिमा शर्मालाई एम.बिबि.एस.अध्ययनका लागि सहयोगको घोषणा

हिमाली संचार संवाददाता
१८३७ पटक

नेपालगंज : ठकुरी सहयोग संजाल बाकेद्वारा एम.बिबि.एस.अध्ययन सहयोगका लागि सहयोगार्थ रकम घोषणा गरिएको छ ।

सामुदायिक बिद्यालय ज्ञानोदय मा.बि.खजुरा बाकेबाट माध्यमिक शिक्षा पूरा गरि, त्रिभुवन बिश्वबिद्यालयबाट एम.बिबि.एस. प्रथम श्रेणिमा पुर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल खजुरा गा.पा. ४ डि गाउँ बाँकेकि १८ बर्षिया प्रतिमा शर्माले नाम निकाल्न सफल भएपनी घरको न्यून आर्थिक अवस्थाले सुरुमा लाग्ने परीक्षा शुल्क, खाना बस्ने खर्च समेत ब्यहोर्ने ठकुरी सहयोग संजाल बाँकेले घोषणा गरेको हो।

आर्थिक अबस्था कमजोर भएकोले उक्त सहयोगका लागि ठकुरी सहयोग संजाल बाँकेले गरिब जेहन्दार विद्यार्थीहरुको पठनपाठनमा सहयोग गर्ने उदेश्य लिइ शैक्षिक परियोजनाका लागि ठकुरी परिवारहरुको घरमा मात्र खेलिएको देउसी भैलोबाट प्राप्त सहयोग संकलन रकमबाट केही सहयोग होस भन्ने उदेश्यका साथ उनको घरमा प्रतिमा शर्माका बुबाआमालाई भेटी ४ नम्बर वडाका वडाध्यक्षको रोहवरमा सहयोगार्थ रकम २११११ (एक्काईश हजार एक सय एघार ) रुपैयाँ सहयोग गर्ने घोषणा बाँके ठकुरी सहयोग संजालका अध्यक्ष दिपक बहादुर शाही गरेका हुन।

साथै शर्माको उज्ज्वल भबिस्यको शुभकामना दिदै सम्पुर्ण मनकारी मनहरूलाई प्रतिभाशाली शर्मालाई सहयोग गर्न ठकुरी सहयोग संजाल ५ नम्बर प्रदेशका संयोजक संयोग जंग शाहले अपिल समेत गरेका छन।

प्रतिमा शर्मा बुबा मदन ढुगाना र आमा सीता शर्माकि जेष्ठ सुपुत्री हुन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...