News Portal

अमेरिकामा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच आइतबार भेटवार्ता

हिमालीसंचार संवाददाता
२४८ पटक

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच अमेरिकामा भेटवार्ता हुने भएको छ। न्युयोर्कको स्थानीय समयअनुसार आइतबार (२२ सेप्टेम्बर) साँझ साढे ५ बजे उनीहरूबीच भेटवार्ता हुने भएको हो।

नेपालले अघिल्लो हप्ता नै ओली–मोदी भेटवार्ताका लागि सो समय प्रस्ताव गरेको थियो। तर मोदी न्युयोर्क जाने/नजाने नै तय नभएको अवस्थामा भारतीय पक्षले नेपालको प्रस्तावबारे कुनै जवाफ दिएको थिएन।

‘भेटवार्ताको समय भने भारतीय पक्षसँगको सल्लाहमै प्रस्ताव गरिएको थियो’, परराष्ट्र मन्त्रालयले स्रोतले शनिबार बिहान नेपालखबरसँग भन्यो, ‘मोदी न्युयोर्क जाने पक्का भएपछि भारतीय पक्षले शुक्रबार (४ असोज) साँझ भेटवार्ताको कन्फर्मेसन दिएको छ।’

मोदी आज बिहान न्युयोर्क प्रस्थान गरिसकेका छन्। मोदी अमेरिकाको विल्मिङटनमा हुने अमेरिका, अस्ट्रेलिया, जापान र भारत सम्मिलित क्वाड राष्ट्रका नेताहरुको समिटमा भाग लिन त्यसतर्फ गएका हुन्।

संयुक्त राष्ट्रसंघको ७९ महासभामा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्री एस जयशंकरले गर्ने भएकाले पनि यसअघि मोदीको न्युयोर्क भ्रमणबारे संशय थियो। तर क्वाड राष्ट्रका नेताहरूको बैठकमा सहभागी हुन भारतीय प्रधानमन्त्री मोदी आज बिहान अमेरिका प्रस्थान गरिसकेका छन्।

बैठक सकेर मोदी आइतबार साँझ न्युयोर्क पुग्ने कार्यतालिका छ। न्युयोर्क पुगेसँगै स्थानीय समयअनुसार साँझ साढे ५ बजे नेपाल र भारतका प्रधानमन्त्रीबीच भेटवार्ता हुनेछ।

यसअघि मोदीको न्युयोर्क जाने/नजाने विषयमा संशयका साथै नेपालमा नयाँ सरकार बनेको दुई महिनासम्म पनि प्रधानमन्त्री ओलीलाई भारतले भ्रमणको निम्तो नदिँदा ओली-मोदी भेटवार्ता निश्चित हुन सकेको थिएन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २४ गतेको राशिफल

आज पुष २४, २०८२ (जनवरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अमेरिकाले नेपाली नागरिकका लागि भिसा आवेदनमा धरौटी अनिवार्य बनायो

काठमाडौँ, २३ पुष – अमेरिकी विदेश मन्त्रालयले नेपाली नागरिकले पर्यटक वा व्यावसायिक (बी–१/बी–२) भिसा आवेदन...

कुलमान घिसिङ काठमाडौँ–३ बाट प्रतिनिधिसभा चुनावमा उठ्ने तयारीमा

काठमाडौं, २३ पुष – ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका नागरिक...

ज्ञानेन्द्र शाही रास्वपामा प्रवेशको तयारीमा, बालेनसँगको भेटपछि असन्तोष

काठमाडौं, २३ पुष – राप्रपा प्रवक्ता एवं पूर्वसांसद ज्ञानेन्द्र शाही रास्वपाका नेताहरूसँग लगातार भेटघाट गर्दै...

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...